दमौली/कोरोनाका सक्रिय संक्रमितको संख्या २५ नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ३९ कोरोना संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । कोरोना संक्रमण र संक्रमण मुक्त हुने संख्याका हिसाबले यो साता हाल सम्मकै उच्च रह्यो । गत शुक्रबार सबैभन्दा धेरै ३ हजार ३ सय ७ जना संक्रमण मुक्त भएका थिए भने हिजो बुधबार सबैभन्दा धेरै ३ हजार ४ सय ३९ संक्रमित थपिएका छन् । यसैगरी गत सोमबार १९ जनाले कोरोनाका कारण मृत्युवरण गरे । यो संख्या साताको सबैभन्दा धेरै हो ।
यो साता ५ हजार ८ सय ९६ महिला तथा १० हजार ५ सय ४० पुरुष गरी १६ हजार ४ सय ३६ संक्रमित थपिए भने १२ हजार २ सय ४० जना संक्रमण मुक्त भए । यही साता ८० जनाले कोरोनाका कारण ज्यान गुमाए । जसमा २५ महिला तथा ५५ पुरुष रहेका छन् । यो सातामात्र ४ हजार १ सय १६ सक्रिय संक्रमित थपिएका छन् ।
प्रवक्ता गौतमका अनुसार हालसम्मका संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ भने संक्रमण मुक्त हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ । यसैगरी कोरोना संक्रमणले हालसम्म ५ सय ७८ जनाको ज्यान गएको छ । बुधबार काठमाण्डौ उपत्यकामा १ हजार ६ सय ८४ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यसैगरी तनहुँमा ३ महिला तथा १० पुरुष गरी १३ जना संक्रमित थपिएका छन् ।
कोरोनाका सक्रिय संक्रमित २५ हजार नाघ्यो
previous post