गत शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले संसारले सम्झनलायक दुइ भारतीय नागरिक भन्दै महात्मा गान्धीका साथमा गौतम बुद्धको नाम लिएपछि त्यसको ब्यापक आलोचना भएको छ ।
विदेशमन्त्री जयशंकरको भनाइ सार्वजनिक भएसंगै नेपालमा त्यसको आलोचना सरु भएको हो । उनको भनाइको प्रतिवाद गर्दे सत्ताधारी दल नेकपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट आपत्ती जनाइयो । सत्ताधारी नेकपाको विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालले सामाजिक सञ्जाल मार्फत आपत्ती जनाए । नेपालले भनेका छन्, भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भन्दै गरेका प्रचार तथ्यहीन र आपत्तिजनक छ । ऐेतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा नरहँदै बेला बखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेशनशिल र गलत कुराले दुइ देशबीचको सक्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्यालगर्न म ध्यानाकर्षण गराउँछु । नेपालको धारणा छ, भारतीय जिम्मेबार अधिकारीबाट यस्तो अभिव्यक्ति आउनुु दुःखद हो र यस विषयमा नेपाल सरकारले औपचारिक रुपमा भारतसंग कुरा गर्नु पर्दछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर मार्फत धारण सार्वजनिक गर्दै भगवान बुद्ध नेपालमा जन्मिएको र त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणिक तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्ति प्रति कांग्रेसको गम्भीर आपत्ति रहेको उल्लेख गरेका छन् । कांग्रेसका अर्का नेता गगन थापाले लुम्बिनी भगवान गौतम बुद्धको जन्मभूमि हो भन्ने तथ्यको सम्पूर्ण विश्व साक्षी भएको उल्लेख गर्दै यसमा कुनै विवाद थिएन, छैन र हँुदैन भनेका छन् । भारतीय विदेशमन्त्रीको क्रियाकलापले कांग्रेस युवा नेता धनराज गुरुङ्गलाई आक्रोषित तुल्याएको छ । उनी लेख्छन्, ऐतिहासिक तथ्यहरुले भन्छ– बुद्ध नेपालमा जन्मिएका हुन् । भ्रमवादी, अज्ञानी, मानसिक सन्तुलन गुमाएकाहरुले भन्छन्,– बुद्ध भारतमा जन्मिएका हुन् । यस्ता भ्रमवादी, अज्ञानी, मानसिक सन्तुलन गुमाएकाहरुलाई अस्पताल पु¥याउनुको बदला सत्ताको जिम्मेवारी सुम्पिँदा यस्तै भ्रमित कथाहरु सुन्नु पर्छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले पनि भारतीय विदेश मन्त्रीको भनाइको खण्डन गर्दै भगवान गौतम बुद्धका बारेमा कसैले भ्रम छर्नु उनको अपमान भएको उल्लेख गरेका छन् । उनले अगाडि उल्लेख गरेका छन्, भगवान गौतम बुद्ध नेपालमा नै जन्मिएका हुन भन्ने कुरा सारा विश्वलाई सप्रमाण थाहा छ । दुइहजार पाँचसय वर्ष भन्दा पहिले नै स्थापित भएको सत्यलाई कसैले आज परिवर्तन गर्न सक्दैन ।
सामाजिक सञ्जालमा आएका प्रतिक्रिया तथा नेपाल सरकार परराष्ट्र मन्त्रालयको ध्यानकर्षण पछि भारतीय विदेश मन्त्रालयले बुद्ध नेपालमा जन्मेको भन्ने कुरामा आफुहरुमा कुनै द्विविधा नरहेको उल्लेख गरेर त्रुटी सच्याएको छ ।
गौतम बुद्ध नेपालमा जन्मेका हुन भन्ने प्रसस्त ऐतिहासिक र पुरातात्विक प्रमाणहरु हामीसंग छ । यसका साथै भारतीयहरुले समेत महान मान्ने भारतीय सम्राट अशोकले लम्बिनीमा स्थापना गरेको स्तम्भ (जसमा बुद्ध यही जन्मिएका हुन भनेर पाली भाषामा उल्लेख गरेका छन्) जीवित साक्षी बनेर लुम्बिनीमा अझै उभिएको छ । संसारले बुद्धको जन्म लुम्बिनीमा भएको स्वीकार गरिसकेको छ । लुम्बिनी नजिकैको भारतीय भूमि पिपराहमा नक्कली संरचना खडा गरेर यो सत्यलाई खण्डित गर्ने दुस्साहस भारतले पहिले देखि गर्दै आएको हो । अझै पनि भारतीय अधिकारीहरु बेलाबेला यो सत्यलाई खण्डित गर्न भ्रमपूर्ण विचार सार्वजनिक गरिरहन्छन् ।
ति अधिकारीहरुले के भूलेका छन् भने उनीहरुकै प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै बुद्धको जन्म नेपालमा भएको स्वीकारी सकेका छन् । तर जसरी सूर्यको प्रकाशलाई हत्केलाले छेक्न सक्दैन त्यसरी नै यो सत्यलाई भारतीय अधिकारीबाट बेलाबेला प्रकट हुने असान्दर्भिक विचारले बुद्ध नेपालमा जन्मेको सत्यलाई खण्डित गर्न सक्दैन ।
बुद्धलाई आफ्नो नागरिक भन्दै भारतीय नेता-सूर्यलाई हत्केलाले छेक्दैन
previous post