24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

थानी थानमा काठमाण्डौको डोली

भानु/मनोकाँक्षा पूर्ण हुने विश्वासमा भानुमा रहेको थानीको थानमा फूलको डोली ल्याउने भक्तजनको संख्या दिनप्रति दिन बढ्दै गएको छ । साउँन महिना बाहेक अन्य महिनाको हरेक मंगलबार पुजा अर्चना हुने थानीको थानमा मंगलबार काठमाण्डौबाट दुई र अन्य १८ गरी २० समुहले फूलको डोली ल्याएका थिए । काठमाण्डौबाट डोली लिएर आएका जीवनराम भण्डारीले आफ्नो भाकल पुरा भएकोले थानीलाई अर्पण गर्न डोली लिएर आएको बताए । काठमाण्डौबाटै डोली लिएर आएका खिलबहादुरले मनोकाँक्षा विश्वासमा डोली ल्याएको बताए । यस अघि मन्दिरमा फूल डोली गाउँका मानिसले मात्र ल्याउने गरेकामा पछिल्लो समय शहरमा बस्नेहरुले समेत ल्याउन थालेको हाम्रा सम्वाददाता बाबुराम खनालले बताए ।

Related posts

सडक सुधारका लागि व्यासलाई ७५ करोड

admin

नारी

admin

रक्तदाता दिवसमा रक्तदान

admin