19.2 C
Damauli
October 30, 2026
Tanahun Awaj
Uncategorized

चौथो आदिवासी जननाति महोत्सव

दमौली/अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने नाराका साथ दमौलीमा चौथो आदिवासी जनजाति महोत्सव सम्पन्न हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा कार्तिक २० देखि ३० सम्म चल्ने महोत्सवमा रमाइलो मेला,आदिवासी जनजातिका विशेष प्रस्तुति तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांगितिक प्रस्तुति साथै हाँस्यव्यंग्य प्रर्दशन रहेन छन् । नयाँ ठाउँको पहिचान गराउने भन्दै यस पटकको जनजाति महोत्सव व्यास नगरपालिका– ४ सिमलटारमा गर्न लागिएको छ ।

महोत्सवका अवसरमा कौराहा तथा लोक दोहोरी प्रतियोगिता, कृषि प्रदर्शनी तथा विक्री, शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी समेत गरिने भएको छ । नेपाल मगर संघ, तमू ह्युल छोजधीं, नेवाः खल, भुजेल समाज, तामाङ धेदुङ, दरै समाज, बोटे समाज, दुरा समाज, राई समाज, थकाली समाज, कुमाल समाज तथा चेपाङ समाज सह आयोजका रहेको महोत्सवका अवसरमा सूचना प्रविधि प्रदर्शनी र निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यसैगरी महोत्सवका अवसरमा धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन एवै प्रवद्र्धन, अटोमोवाइल प्रदर्शनी र विक्री, फोटो प्रदर्शनी तथा मादी र सेतीमा जलविहार लगाएतका क्रियाकलाप सञ्चालन हुने आयोजक आदिवासी जनजाति महासंघले जनाएको छ ।

Related posts

हिरातसत, अनुमति र आधार

admin

तमु ल्होसारको महत्व

admin

अन्तरान्ष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

admin