नेपालमा जात र वर्गको नाममा राज।नीतिको प्रश्रय पाउन थालेको दशकौं भयो र यो छताछुल्ल भयो करिब डेढ दशक अघिदेखी । जात र वर्ग उचाल्दै गर्दा मुलुकमा कस्ता जटिलता र जर्जरता आउँछ भन्ने कुरा जानिजानी ती कुरा उठाएका हुन र हुकुम मानेका हुन किनकी यिनका ल्याकत ती उठेका समस्याका समाधान गर्न सक्ने छैनन भन्ने कुरा मालिकलाई पहिल्यै थाहा त थियो नै , अझ अर्को कुरा थाहा के थियो भने नेपालीहरुलाई जब जात , वर्गको बिषभित्र क्षेत्रीयताको कालकुट मिसाएपछी यिनिहरु सहि गलत छुट्याउन सक्दैनन र त्यसमाथी आर्थिक मामलामा लिप्तता भएका नेतृत्वलाई छानी छानी कोशी–काली बगाई दिएपछी नेपाल अबिछिन्न हाम्रो हुन्छ भन्ने ।
अहिले मुलुक त्यतिमा मात्र सिमीत छ भन्ने ठान्नुहुन्छ भने गलत ठान्नुहुन्छ । मुलुकमा अहिले जात र बर्गको मात्र होईन समुदाय र बर्णभेदको चपेटामा छ । कालो मान्छे देख्नेबित्तिकै बिहारी देख्ने र नाक चुच्चो र टोपी देख्ने बित्तिकै पहाडी देख्ने अनैतिक क्षेत्रीय सोचको विकास मात्र होईन मंगोल,सुम्निमा पारुहाङ्गका कुराहरुले क्षेत्रीय रुपमा बर्णिय बिभेदको रुपमा आम मानिसमा गहिरो प्रभाव छ ।
नेवार,मगर,राई,लिम्बू र खासगरी तराई यसको चपेटामा छ । लाग्नेहरु तराई अन्धबिश्वास र क्षेत्रीय सोँचबाट बाहिर निस्के सबैभन्दा घाटा हुन्छ भन्ने थाहा पाएर नै मधेशिहरुलाई क्षेत्रीयताको बिष घोलेर निरन्तर दिईरहेका छन जसले मधेशी जनताले स्वतन्त्र र खुल्ला भएर सोच्न पाएकै छैनन भने सत्तामा हुनेले त्यसतर्फ ध्यान दिन सकेको छैन । २०३६ मा सिद्धान्तलाई झुक्याएकाहरुले २०५१ मा जनता झुक्याउँदै अहिले समाजवाद र साम्यवादको ढोङ्गभित्र मुलुक झुक्याएकाहरुले यी समाधान निकाल्ने त कुरै थिएन लोकतन्त्रमा बिश्वास राख्ने कांग्रेसले यति लामो समयसम्म पनि यी समस्यालाई राष्ट्रभक्तीबाट सिंचित गरि समाधान गर्न नसक्नु ठूलो कमजोरी थियो भन्न मलाई चाहिँ कुनै धक छैन । यो दलको कुरा यहाँ किन भने मुलुकलाई दलिय ब्यवस्था हुँदै गर्दा यसका हकदार र यसको स्वामित्व सबै दलको हुन्छ र यी सबै समस्या र जर्जरता राजनैतिक दलभन्दा बाहिरबाट आएका होईन र यो राजनैतिक समाधानको पाटो हो र यसको समाधान राजनितिबाट नै खोज्न पर्छ । वर्गियबाट वर्णिय रुपमा अगाडि बढे यी प्रचण्ड शेरबहादुरको केही लाग्दैन नै ओलीको त औकात नै पुग्दैन किनकी यिनिहरुमा अब्राहम लिंकनको एक औंस सुझबुझ पनि छैन भन्न मलाई धक पनि छैन ।अर्को मुल समस्या छ बाहुनवाद । नाक चुच्चो र थेप्चो अहिलेको विभेद होईन प्राकृतिक विभेद हो जसलाई हामी तराई पहाड, पहाड तराई बनाउन नसकेजस्तै फेर्न सक्दैनौं तथापी यो चुचो र थेप्चोभित्र थुप्रै बेमेल अड्चन छन । थेप्चो वालालाई यो थाहा छैन कि चुच्चो भित्र नेपालमा शताब्दियौ देखि हेलत्व,अपहेलना,तिरस्कार र ज्यादती सहिरहेका छन, हामिले पाएका अधिकार जतिपनी होईन सामाजिक बहिस्कारको काल बिताएर आएका हुन । चुच्चो नाक भएकाहरुलाई यो थाहा छैन कि हिजो मुलुकको लागि लड्दै गर्दा हामिलाई नेतृत्व स्विकारेको थेप्चेहरुको पनि यो मुलुक हो । यो मुलुकको समुन्नती र स्वाधिनतामा यी थेप्चेहरुको पनि बराबर त्याग र समर्पण छ, सिमामा पहरा बस्नमात्र होईन मुलुकलाई पर्दा आर्थिक रुपमा अबिछिन्न सहयागे गरेका पनि यिनै थेप्चेहरु हुन भन्ने सोँच्नै सकेनन् । रोल्पामा मगरको हलो जोत्ने ब्राम्हणको कथा ऋषिङ्गका मगरलाई के थाहा ? काठमाण्डौमा गई नेवार बनेका लामिछानेका कथा कन्चनपुरका थारुलाई के थाहा ? तथापि ब्राम्हण भित्रका “बाहुन“ मान्ने नै हो भने अहिले स्थिती भयाबह नै छ ।
समानुपातिकलाई आरक्षणको रुपमा व्याख्या गर्ने बाहुनहरुसँग मेरो पहिलो बिमती छ । आरक्षण कुनै थेप्चेले खोजेको छैन, समानुपातिक रुपले मुलुकमा पिछाडी परेकाहरुको लागि समान सहभागिताको लागि ल्याईएको ईमान्दार प्रयास हो र यो प्रचण्ड ओलि र देउवाको उदगार होईन २००७ सालमा जनताको संविधान जनताले बनाउने उदघोष सँगै महामानव बिपिजस्ता चुच्चे र पुष्पलाल जस्ता थेप्चेहरुले उठाएका हुन । सामानुपातिक कुरा गोरेबहादुर जस्ता थेप्चेहरुका मात्र थिएनन गोल्छे सार्की जस्ता चुच्चेहरुका पनि हुन् भन्ने कुरा बिर्सन हुँदैन किनकी समानुपातिक एउटा लँडाईले बैचारिक बहसले स्थापित गरेका अधिकार हुन, झापा बिद्रोह, कथित जनयुद्ध र कन्चनपुर हत्याकाण्डले स्थापित मुद्दा होईनन् ।
त्यसैले समानुपातिकलाई चुच्चेहरुले प्रत्यायोजन गरिएको दान कुनैपनी बाहुनहरुले नठानुन् । पछिल्लो पटक “लोकसेवा आयोग“ लाई “बाहुन सेवा आयोग“ बनाउन लागेको खबर सनसनी रुपमा फैलियो । बाहुनहरुको करनी वा अबिश्वसनियता भित्रको अगोपनियता, । ब्राम्हणको मगर्नी बुहारी ब्राम्हणको नेवार्नी श्रीमती जनजातिमा पर्नु र जातिय ब्याख्याभित्र अपब्याख्या गर्ने बाहुनहरु मुख्यत यसका दोषी थिए र हुन । माथिल्ला आशंकालाई प्रमाणित गर्न पछिल्ला प्रमाणहरु दसि प्रमाण र कसि थिए भन्न कसैले धक मान्न पर्दैन तथापी अहिले कोईराला चुच्चे,खपाङ्गी थेप्च्छे,श्रेष्ठ थेप्छे,सार्की चुच्चेहरुले राज्य संचालन गरेका छैनन र बाहुनले चलाएका हुन किनकी ब्राम्हण , थापा, श्रेष्ठ पदवी हुन भन्ने कुरा थोरैलाई मात्र थाहा छ आम जनतालाई । त्यसैले थेप्चेका माग र कुरा केही हद सम्म सत्य भएपनी पुर्ण सत्य भने होईनन ।
यी थेप्चे र चुच्चेबिच बिबाद बिग्रह ल्याउन गरिएको प्रयास यो पहिलो होईन । बडामहाराजधिराज पृथ्बी नारायण शाहले हाम्रो धर्म संस्कारलाई दखल पु¥याएका बिदेशिहरुका गर्दन छिनाएको कुरा हुन या धर्मप्रचारको नाममा देशमा हाम्रो समुदायमा बेमेल पैदा गर्ने क्रिष्चियनहरुलाई देश निकाला गरेका पछिल्ला नजिरहरु होस् । मुलुकलाई अस्थिरतामा धकल्ने जो सुकै बाहुन प्रबृतिका मान्छेलाई सफाया हुनपर्ला तर वास्तबमा हामिलाई न त आङकाजी जस्ता थेप्चे चाहिएका छन न त एकनाथ जस्ता चुच्चे नै , न त हामिलाई सिके जस्ता मधेसी चाहिएको छ न त केपि जस्ता पहाडी नै । न त हामिलाई बिखण्डन अभिब्यक्तिका अमरेश जस्ता कांग्रेस चाहिएको छ न त क्रान्तिको नाममा बेकसुर नागरिकको हत्या गर्ने बालकृष्ण जस्ता कम्युनिष्ट नै चाहिएका छन तथापी अपेक्षा र आशा त यो छ कि बिपि , पुष्पलाल, गोरे बहादुर, बिखे नगर्चिमा अनुयायिहरुले अस्त्र उठाउन भन्दा पहिला नै बाहुनबादी चुच्चे थेप्चेहरुको चेत खुलोस किन अहिले बाहुन सेवा आयोगमा मात्र होईन संघियताले ल्याएको खण्डिकरण भित्रका सिंहदरबारमा चुच्चेथेप्च्चेका बारेमा थुप्रै शंका गर्ने स्थान जन्माएका छन जसले अन्तत मुलुक डुबाउने ध्रुबिकरण पैदा गराउने छ । सबै चुच्चेथेप्च्चेको बेलैमा सकारात्मक चेत पलाओस ।
लेखक तरुण दल तनहुँका क्षेत्रीय सभापति हुन् ।