अप्सरा भट्टराई
झापुटार/ऋषिङ गाउँपालिका वडा नं. १ मा ४४ जना अपाङ्गता भएका व्यक्तिहरुले परिचय पत्र लागि भरेको निवेदन संकलन गरेको छ ।
ऋषिङ्ग पालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुको निवेदन प्रत्येक वडामा शिविर सञ्चालन गरेर आठैवटा वडामा अपाङ्गता परिचयपत्र वितरणका लागि निवेदन संकलन कार्य प्रारम्भ गरेको छ ।
बुधवार वडा नं १ को झापुटारमा अपाङ्गता परिक्षण तथा निवेदन संकलन कार्यको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले वडा तहमै आएर परिचय पत्र वितरण गर्ने उद्देश्यले निवेदन संकलन पनि वडावाटै प्रारम्भ गरिएको वताए । अपाङ्गता भएका ब्यक्तिहरुले हिनतावोध गर्ने अवस्था आउन नदिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले शारिरिक रुपमा अपाङ्ग भए पनि मानसिक रुपमा साङ्ग भन्दा उत्तम हुनसक्ने भएकाले मन खुम्च्याउन नहुने वताए ।
गाउँपालिकाका प्रशासकिय अधिकृत चण्डिका पौडेलले निवेदन संकलन र परीक्षण पछि अपाङ्गताका आधारमा चार प्रकारका परिचय पत्र प्रदान गरिने उल्लेख गरे । वडा कार्यलयमै स्वास्थ्य कर्मीको टोली खटाई आँखा र कान वाहेकको अपाङगता परिक्षण गरिने वडाध्यक्ष श्रीबाहादुर आलेले जानकारी दिए । निवेदन साथ नागरिकताको प्रमाण पत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी पूर्णकदको एउटा फोटो र पासपोर्ट साईजको तीनवटा फोटो आवश्यक हुने आलेले वताए । गाँउपालिकाको आठवटा वडामा १÷१दिन गरी ८ दिन चल्ने शिविरको संयोजकत्व उपाध्यक्ष गिनुमाया थापाले गरेकी छन् भने टोलिमा दानबाहादुर श्रेष्ठ शर्मिला जमरकट्टेल तथा स्वास्थ्य कर्मीहरको टोली रहेको छ ।