25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
Uncategorized

मंसिरमा मध्यावधी हुन सक्दछ – के. सदस्य भण्डारी

पुट्टार/नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले मंसिरमा मध्यावधी चुनाव हुन सक्ने संकेत गर्नुभएको छ । राजनीतिक अस्थिरता बढेको तर्फ चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेसका सबै साथीहरुलाई समेटेर मध्यावधी निर्वाचनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई भण्डारीले सजग गराउनु भएको छ ।

नेपाली काँग्रेसको सिद्धान्तको बारेमा चर्चा गर्दै नेता भण्डारीले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रलाई नेपाली काँग्रेसले छोड्न नसक्ने धारणा राख्नु भएको थियो । नेपाली काँग्रेसको जागरण अभियान लिएर जेष्ठ १८ गते आफ्नो निर्वाचन क्षेत्रको घिरिङ–१ पुट्टार पुग्नु भएका नेता भण्डारीले साामजिक भेदभाव र छुवाछुत विरुद्ध नेपाली काँग्रेसले २०१५ सालदेखिनै निरन्तर अभियान चलाएको पुष्टि गर्नुभएको थियो ।

नेपाल सरकारले ल्याउन खोजेको नागरिकता विधेयक तर्फ सांकेतिक टिप्पणी गर्दै उहाँले हरेक देशमा बाह्य हस्तक्षेप हुन्छ तर नेपाल कमजोर भएका कारण बाह्य हस्तक्षेपबाट राष्ट्रिय अस्तित्व बचाउन सक्दैन भन्नुभयो । गण्डकी प्रदेश सभाका नेपाली काँग्रेसका उम्मेदवार ध्रुब वाग्लेले मतदाताहरुलाई सम्बोधन गर्दै नेपाली काँग्रेसले अब क्रियाशिल सदस्यताको प्रशिक्षण लिएकालाई मात्रै क्रियाशिल सदस्यता दिने र क्रियाशिल सदस्यको नविकरण गरिदिने धारणा राख्नु भएको थियो । नेपाली काँग्रेस तनहूँका कार्यबहाक सभापति जितप्रकाश आलेले नेपाली काँग्रेसको नेतृत्वमा बनाउन खोजेको कृष्णमार्ग कम्यूनिष्ठहरुले अवरोध गर्दा सडक विकास पछि परेको चर्चा गर्दै विकासमा राजनीति नगर्न आग्रह गर्नुभएको थियो ।

घिरिङ्ग गाउँपालिकाको जागरण अभियान सभालाई कोषाध्यक्ष रेशम गुरुङ्ग, सहसचिव केशबहादुर सुनार, प्रवक्ता महेश्वर भट्टराई, सुमन थापा, विष्णुवीर थापा, इमानसिं थापा, चुननारायण श्रेष्ठ, यामबहादुर थापा, रविचन्द्र घोरासिनी, लक्ष्मी वस्ताकोटी लगायतले सम्बोधन गर्नु भएको थियो ।

Related posts

अचम

admin

तरुण दल तिहारपछि सरकारका गलत कदम विरुद्ध सडकमा उत्रिने

admin

ऋषिङमा नेविसंघ अधिवेशन सम्पन्न

admin