दमौली/पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड केहि दिन निश्चित समयका लागि बन्द हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत चितवन र तनहुको सिमानामा रहेको त्रिशुली नदीमा निर्माणधिन ब्चअज द्यचष्मनभ निर्माण सम्पन्न हुन लागेको र पुलको दायाँ बायाँ दुबै तर्फको सडक सतह पुल भन्दा अग्लो हुन गएकोले सडक कटिङ गरी आवश्यक लेभल मिलाउन पर्ने भएकोले सडक अवरुद्ध गर्नु परेको उल्लेख गरेको छ ।
सडक कटिङ गरी लेभल मिलाउने काम जेठ १६ बाट प्रारम्भ हुने भएकोले सोही दिन देखि हरेक दिन दिउसो ११ बजे देखि ३ बजे सम्म र सोही अवधिमा राती ९ देखि २ बजे सम्म यातायात अवरुद्ध हुने ट्राफक प्रहरीले जनाएको छ । जेठ ३० गते सम्पन्न गर्ने गरीकाम गरिने उल्लेख गरेको प्रहरीले सम्वन्धित सबैबाट आवश्यक सहयोग र समन्वयको अपेक्षा समेत गरेको जनाएको छ ।