दमौली/व्यास नगरपालिकाको शहरी विकासमा अष्ट्रेलियन भोलेन्टीयरहरुको सक्रियता बढेको छ । व्यास नगरपालिका र अस्ट्रेलियन भोलेन्टियर प्रोग्राम विच सोमबार व्यास नगरपालिकामा भएको एक अन्तक्रिया कार्यक्रमले अष्ट्रेलियन भोलेन्टीयरको सक्रियताको पुष्टि गरेको छ । नेपालका विभिन्न स्थानमा स्वंयमसेवा प्रदान गर्दै आईरहेको अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामले व्यास नगरपालिकामा पनि सेवा प्रदान गर्ने निर्णयको कार्यान्वयन गर्ने सन्दर्भमा अन्तरक्रिया गरिएको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामका तर्फबाट अस्ट्रेलियन नागरिक सुश्री स्टेफेनि हार्डरले मे महिनाबाट सेवा सुरु गर्ने बताईन । हार्डरले शहरी विकासका योजनाको बारेमा काम गर्ने व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिकाले निर्माण गरिरहेको दिर्घकालिन विकास योजनामा समेत हार्डरले काम गर्ने पनि जनाईएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अहिलेको संरचना अनुरुप विगतका गाविसका विभिन्न भागहरु नगरपालिकामा समेटिएकाले नगर र ग्रमिण भागको विकासलाई समान तरिकाले अगाडि बढाई पुर्बाधार विकासमा समेत अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामको सहयोग महत्वपुर्ण रहने बताउनुभयो । कार्यक्रममा अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामका नेपालस्थित कार्यक्रम संयोजक राजेन्द्र खड्काले स्वंयमसेवा गर्न लागिएको संस्थासंग समन्वयात्मक रुपमा काम गर्न सकिएमा अपेक्षित प्रतिफल हासिल गर्न सकिने बताउनुभयो । अस्ट्रेलियन भोलेन्टियर प्रोग्रामले सन १९९७ देखी नेपालका विभिन्न भागमा भोलेन्टियर सेवा प्रदान गर्दै आईरहेको छ । अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाका उप–प्रमुख मिरा जोशी, प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्त, वडाअध्यक्षहरु काशिराम श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, मोहन कुमार श्रेष्ठ लगायत कर्मचारीहरु आ–आफ्ना धारण राखेका थिए ।