भानु/भानु नगरपालिकाको सम्जुर स्थित जनसहयोगि माविमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर बुधबारबाट शुभारम्भ भएको छ ।
अपाङ्गगता समावेशी कार्यक्रम अन्तरगत नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको संयोजनमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा आँखा, कान, नाक, घाँटीका विरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको सम्जुरबाट हाम्रा सम्वाददाता बाबुराम खनालले बताउनु भयो । वी.पी. नेत्र प्रतिष्ठान बाल आँखा , कान नाँक घाँटी अस्पताल एवं पुनस्थापना केन्द्र भरतपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा दुई दश जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । त्यसमा आँखा र कानका विरामी विशेष लाभान्वित भएका थिए ।
आँखाका विरामीमा आँखामा मासु पलाएको एक जना र मोतियाविन्दुको १७ जनाको शल्यक्रिया सम्पन्न भएको थियो । साठी जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको थियो । बीस जना कानका विरामीले स्वास्थ्य परिक्षण गराएकोमा दश जनालाई श्रवण यन्त्र उपलब्ध गराइएको थियो भने तीन जनाको शल्यक्रिया गरिएको थियो । चिकित्सक टीमको नेतृत्व गरेका नेत्ररोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठले नेरेसो कलेस्ती उपशाखा मार्फत कार्यक्रमकी प्रमुख अतिथि मन्त्री चिनु पोखरेलबाट रेडक्रस आजीवन सदस्यता समेत लिएको उपशाखा सभापति बाबुराम खनालले बताउनु भयो ।
निःशुल्क शिविरमा उद्घाटन सत्रलाई विशष्ठ अतिथि वडा नंं. १३ का वडाध्यक्ष रामबहादुर बानिया, जनसहयोगी मावि सम्जुरका विव्यस अध्यक्ष मौलादिन सेख, कार्यक्रम संयोजक करुणनिधि भट्टराई समेतले सम्बोधन गर्नुभएको थियो ।
भेला सम्पन्न
यसैबीच गजौडेबाट सम्वाददाता बाबुराम खनालले दिएको जानकारी अनुसार वडा नं. का वडाध्यक्ष शुरेश थापाको अध्यक्षतामा योजना छनौट भेला सम्पन्न भएको छ । भेलामा सहभागिहरुले योजना छर्न भन्दा विशेष खालका योजना सम्पन्न गर्न जोड दिएका थिए । सहभागिहरुले खानेपानी, सडक, विद्युत र सामुदायिक विद्यालयको स्तरउन्नती र गुणस्तर कायम गर्ने योजनालाई प्राथमिकताका साथ छनौट गर्न जोडदार माग गरेका थिए ।