दमौली/व्यास नगरपालिकाको वडा नं ३ मा आयोजित तीन महिने सिलाई कटाई आधारभुत तालिमको बुधबार नगरप्रमुख वैकूण्ठ न्यौपानेले मेसिन चलाएर उद्घाटन गर्नुभएको छ ।
तालिमको उद्घाटन गर्दै न्यौपानेले सीप मुलक तालिमलाई व्यवहारमा लागु गरेर स्वरोजगार सिर्जना गर्नुपर्ने बताए । वडा नं ३ को वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त उद्घाटन कार्यक्रम बारे जानकारी दिदै वडा सदस्य रविन पौडेलले सामुहिक रुपमा स्वरोजगार मुलक व्यवसाय सुरु गरे वडा र नगरपालिकाले सहयोग गर्ने बताए ।
नेपाल सरकार र विश्व वैकको सहयोगमा कान्तिपुर बहुप्राविधिक शिक्षालयले तालिम सञ्चालन गरेको संस्थाका प्रतिनिधि बलराम विष्टले जानकारी दिए । ऋत्भ्ख्त् को मान्यता प्राप्त तीन महिने तालिममा २० जना प्रशिक्षार्थिलाई २ जना प्रशिक्षकले तालिम दिने व्यास नगरपालिका वडा नं. ३ को कार्यालयले जनाएको छ ।