कम्युनिष्ट पार्टिहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता गरेर सूर्य चिन्ह कायम गरि नेकपा कम्युनिष्ट पार्टि गठन भएको दश महिना पूरा भइसक्यो । अहिले सरकार पनि उहाँहरुकै छ । झन्डै दुइ तिहाइ बहुमतको सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको छ । अहिलेको सरकारले देश र जनताको लागि राम्रो कामको थालनी गर्छ की भन्ने जनतामा आशा पलाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली म घुस खान्न भष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न भन्नु भएको थियो । मन्त्रीजीहरुले पनि त्यस्तै त्यस्तै भाषा बोल्नु भएको थियो ।
बालबिवाह र दाइजो प्रथा कानुनले निषेध गरेको छ । हालै नेपाल सरकारका मन्त्रीहरुले मन्त्रीपरिषद कार्यालयमा बुझाएको सम्पतिको विवरण श्रीमतिको बिवाहमा माइतिले दिएको दाइजो भनि उल्लेख गरिएको छ । नेपाल टेलिभिजनका पत्रकारले प्रश्न सोधेकै कारणले सूचना तथा प्रविधिमन्त्री गोकुल प्रसाद वास्कोटाले गलत विवरण पेस गरेको जिम्मेवारी लिनुको साटो छापा मार शैलीमा नेपाल टेलिभिजन कार्यक्रम नै बन्द गराइ दिए । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करी र भ्रष्टाचारीलाई जरैदेखि उखालेर फाल्छु भन्नुभएको थियो । लहरो तान्दा पहरो घर्कन्छ भने जस्तै सानो माछालाई मात्र होइन ठूलो माछालाई पनि जालमा पारेर ल्याउँछु भन्नुभएको थियो । ‘नदेखाउ नानी फाटेको फुर्लङ्ग लाउ पायो माछाले’ भने जस्तै साना माछा जति सबै फाटेको जालबाट उम्के । ठूला माछाहरु अहिलेसम्म समातिएका छैनन् । अन्याय अत्याचार बलात्कारले जनता भयवित बनेका छन् । महंगीले आकाश छुन लागेको छ । सालबसाली पचास रुपैयाँ तिर्दै आएको तिरो हाल चौध पन्ध्र सय रुपैयाँ तिर्न परेको छ । कनिका छरे झैं बजेट छरेर गाउ पालिकाका कर्मचारी र जन प्रतिनिधिहरु बीस पच्चिस लाख रुपैयाँ खर्चेर भ्रमण गरेका छन् ।
जहाज प्रकरणमा मन्त्री र सचिवहरु फोटो समेत पत्रिकामा प्रकाशित भएको छ । सरकारी निवासमा बस्ने मन्त्रीका श्रीमतिहरु पनि सांसद छन् । यस्ता सांसदहरुले मासिक रुपमा घर भाडा लिने गरेको देखिन्छ । सानालाई ऐन ठूलोलाई चयन भने जस्तो भएन र ? यहि हो त प्रधानमन्त्रीले भनेको सुखी जनता समृद्ध नेपाल ?