मेला महोत्सवले संस्कृति र परम्पराको संरक्षण गर्छ : प्रदेश सभासद गुरुङ
दमौली/गण्डकी प्रदेशकी सभासद सरिता गुरुङले विभिन्न समयमा आयोजना गरिने मेला महोत्सवले हाम्रो संस्कृति र परम्पपराको निरन्तरतामा सहयोग पुग्ने बताएकी छन् ।
सदस्य गुरुङले उक्तकुरा तेस्रो जनजाति महोत्सवको मंगलबार समापन गर्दै बताएकी हुन् । आदिवासी जनजाति बहुल तनहूँमा आयोजना हुने मेला महोत्सवले यहाँका जनजातिको संस्कृतिलाई प्रवद्र्धन गर्नुका साथै मुद्रालाई समेत चलाएमान बनाउने भएकाले आर्थिक कारोबार बढ्न गई समग्र अर्थतन्त्र नै चलाएमान हुने समेत बताइन । यस्ता खालका कार्यक्रमले सम्वन्धित क्षेत्रको अर्थिक विकासमा समेत सहयोग पुग्ने गरुङको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै सदस्य गुरुङले आफु सधै आदिवासी जनजातिको हित रक्षमा लागि रहने समेत बताईन ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहूँको आयोजनामा कार्तिक ३० गते देखि वीपी वन बाटिका दमौलीमा सञ्चालित महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्ना प्रस्तुति दिएका थिए । महोत्सवकै अवसरमा तनहूँको मौलिक कौरा प्रतियोगिता तथा लोक दोहोरी प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौं । भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने नाराका साथ १२ दिन सम्म सञ्चालित महोत्सव आयोजकले सोचे जस्तै सफल भएको रअवलोकनकर्ताको सहभागिता, विभिन्न प्रतियोगितामा प्रतियोगिको सहभागिता, व्यापार आदि उत्साहप्रद रहेको समितिका प्रवक्ता नन्दु थापाले बताए ।
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहूकी अध्यक्ष एवं महोत्सव आयोजक मुल समितिकी संयोजक बसुन्धरा घर्तीको अध्यक्षतामा आयोजित समापन समारोहमा विभिन्न वक्ताहरुले हाम्रो परिचय भनेको संस्कृति भएकाले संस्कृतिको संरक्षणमा सबै लागि पर्नु पर्ने बताए । कार्यक्रममा महोत्सवका निर्देशक सिद्धान्त थापा, मन्धरी आले, सन्तलाल श्रेष्ठ, लगाएतले बोलेका थिए । जनजाति महासंघका उपाध्यक्ष सुजित हिराचनले स्वागत गरेको कार्यक्रम महोत्सवका प्रवक्ता नन्दु थापाले गरेका थिए ।