दमौली/व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माण भइरहेको किरियापुत्री भवन निर्माणका लागि व्यास–२ स्थित विश्वकर्मा गुठी समाज दमौलीले १० हजार १ सय ५ रुपैयाँ सहयोग गरेको छ । उक्त रकम समाजका अध्यक्ष रामलिला सुवर्णकार लगायत पदाधिकारीले निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै सुवर्णकारले किरियापुत्री भवन सबैको साझा भवन भएकोले आफूहरुको समाजबाट समेत सहयोग गरेको वताए । सहयोग रकम ग्रहण गर्दै निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्सालले सहयोग दाताहरु प्रति कृतज्ञता ज्ञापन गरे ।