
एम ए अर्थशास्त्र
समाजमा विभिन्न समुदायको मानिसहरु बसोबास गर्दछन् । जसभित्र विविध किसिमका असमानता रहेको
हुन्छ । असमानता भित्र विभाजनको अवस्था लुकिरहेको हुन्छ । यस्तो विभाजनको कारणमा आर्थिक अवस्था, सामाजिक प्रतिष्ठा, शक्ति, अपनाइएको पेशा, प्राप्त गरेको शिक्षा आदि नै रहन्छन् । समयको क्रममा सरल समाज जटिलता तिर उन्मुख भयो । असमानता विकास क्रममा बढ्न थाल्यो । यसरी विकसित अवस्थामा उच्चवर्ग, मध्यमवर्ग, कामदार वर्ग, तल्लोवर्ग गरि चार तहमा समाज विभक्त भयो । समय चक्रमा समाजको ऐतिहासिक परिवर्तनको परिणामस्वरुप यस्तो समाज निर्माण भयो । प्राचिन समयमा उत्पादनको स्वरुप जीवनजिउने शैली सबैको एकैप्रकारको हुँदा त्यहाँ यसप्रकारको अवस्थामा थिए । धनि, गरिब, सानो, ठूलो, यो त्यो वर्ग भन्ने नै थिएन । समाज समरुपी प्रकारको थियो । तर वर्तमान समयसम्म आइपुग्दा विभिन्न प्रकारका वैज्ञानिक आविष्कार, पेशागत विशिष्टीकरण, आयमा आएको परिवर्तन, व्यत्तिवादी चिन्तनले प्रत्येक मानिसलाई ग्रसित बनाउँदै लगेको छ । यसको प्रत्यक्ष र परोक्ष रुपमा आर्थिक कृयाकलाप, पेशा, व्यवसाय, बचत, लगानी, आम्दानी, रोजगारीमा विविधता आएको छ । उद्योग व्यवसाय, पर्यटन, कृषि, आमसञ्चार जस्ता विविध क्षेत्रमा व्यवसायिक (Professionalism) झल्किएको छ । शिक्षा, स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ नयाँ विचार र कार्यशैलीले पुराना माध्यतालाइ भत्काउँदै आधुनकिताको जग बसालेको छ ।
विश्व अर्थ व्यवस्थामा आएको परिवर्तनको मूल कारण प्रविधि नै हो । प्रविधि भनेको नयाँ नयाँ ज्ञान हो । ज्ञानले सुधारिएका यन्त्र, उपकरण, प्रयोगबाट नयाँ उत्पादन र उत्पादनका प्रक्रिया पैदा गर्दछ । ज्ञानको भण्डार परिस्कृत हुँदै जाँदा उत्पादन लागत घट्दछ । प्रविधिको विकासले विपन्न देशले प्राकृतिक साधनको उत्खनन् र उत्पादन गरी विकसित अवस्थामा रुपान्तरण भएका छन् । उत्पादन, आम्दानी, रोजगारीको बृद्धिको प्रसस्त ढोका खुलेका छन् । जीवनका लागि चाहिने अत्यावश्यक बस्तुहरु प्रयाप्त मात्रामा पाइरहेका छन् । जनताको जीवनस्तर, प्रतिव्यक्ति आम्दानीमा क्रमशः सुधार हुँदै गएको अवस्था छ । आर्थिक क्रियाकलापमा बृद्धिको अर्थ समाजमा रहेको वेरोजगारीको अन्त्य गर्नु हो । हाम्रो देशको ग्रामिण अर्थव्यवस्थामा वेरोजगारीको समस्या जटिल र दीर्घरोग जस्तो बनेको छ । यस्तो समस्या निराकरण गर्न ग्रामिण औधोगिकीकरणको विकासबाट रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ । प्रत्येक पालिकामा औधोगिक शाखा स्थापना गरी सम्भाव्यताको अध्ययन गरी प्रत्येक पालिका युवाहरुलाई सीप अनुसार घरेलु उद्योग स्थापना गरी आर्थिक रुपान्तरण गर्न सकिन्छ । सामाजिक सेवाको विकासको सकिन्छ । जनताको हितमा पालिकाले ग्रामिण अर्थव्यवस्थालाई उत्पादनमुखी अत्यावश्यकीय वस्तु उत्पादनमा डो¥याउँछ । यस्तो उद्योग व्यवसायको उद्देश्य आमजनतालाई सामाजिक र आर्थिक उन्नती तर्फ अगाडि बढाउँछ । यसर्थ ग्रामिण विकासका योजना एक समाजवादी क्रियाकलापको नमूना बन्न सक्दछ । ग्रामिण विकास कार्यक्रमका हरेक क्रियाकलापले स्वतन्त्रता र आर्थिक विकासमा आर्थिक उन्नती, गरिबी निवारणका योजना बीच छिटो विवाह सम्पन्न गर्दछ । ग्रामिण जनजीवनमा सुधार आउँछ । ग्रामिण विकास कार्यक्रमले प्रजातन्त्रलाई निर्मुल गरेको छैन बरु यस्तो योजना नभएको देशमा प्रजातान्त्रिक विकास र सोंचको उन्मूलन गरेको छ । व्यक्तिगत स्वतन्त्रता मानव अधिकारको जगेर्ना गर्नका लागि ग्रामिण विकास मोडेल प्रत्येक पालिकाले कार्यान्वयनमा ल्याउनु पर्दछ । ग्रामिण विकास मोडेललाई कसैले पनि उपहासको दृष्टिले हेर्न सक्दैनन् ।
नेपालको सन्दर्भमा ग्रामिण विकास मोडेल द्रुत विकासको औजार बन्न सक्दछ । स्थानीय पालिकामा आउने जनप्रतिनिधि काविल र प्रविधिको राम्रो ज्ञान भएका आएको खण्डमा एउटा पद्धति (System) को जग बस्दछ । जब तलको औधोगिक संरचनाको जग (Foundation) बस्दछ तब निरन्तर रुपमा औधोगिक उत्पादन स्थानीय बजारमा आउन थाल्दछन अर्थव्यवस्था चलायमान हुन्छ । जनताको अधिकतमहित (Maximum social welfare Maximization or theory of Maximum social advantage) आफ्नो गति पकड्दछ र जनताको आम्दानी र जीवनस्तरमा परिवर्तन देखिन्छ । जसलाई हामी Social change को रुपमा लिन सक्दछौं । आशा गरौं अब हुने पालिका वार्ड जनप्रतिनिधिमा यस्तो सोंच भएका व्यक्ति निर्वाचित हुनेछन् ।
