
दमौली/व्यास–१० दुम्सिचौर स्थित नारेश्वर तालको संरक्षणका लागि नारेश्वर ताल सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।
व्यास नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हुनाले आन्तरिक सुरक्षा, सरसफाइ र तत्काल गर्नुपर्ने कार्यहरु गराउन अर्को व्यवस्था नभएसम्मको लागि व्यास–१० का वडा अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षतामा स्थानिय सरोकारवाला समेत रहने गरी ७ सदस्यीय नारेश्वर ताल सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।
अनुमानित चार करोड लागतमा बनेको नारेश्वर ताल व्यास नगरपालिका र गण्डकी प्रदेशको साझेदारीमा निर्माण गरिएको हो ।
