दमौली/शिक्षा विकास तथा समन्वय इकाइले मंगलबार दमौलीमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अनिवार्य शिक्षा तथा निःशुल्क शिक्षा सम्बन्धी एक दिने सो कार्यक्रम इकाइले गरेको छ ।
राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सम्बद्ध सरोकारवाला सरकारी कार्यालयका प्रमुख स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि शिक्षा शाखा प्रमुख विभिन्न शिक्षक संगठनका प्रमुख तथा प्रतिनिधिहरु अभिभावक संगठनका प्रमुख तथा प्रतिनिधिहरु विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु आमन्त्रित गरिएको सो कार्याक्रमको मूल उद्देश्य अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कानुनी व्यवस्थाको बारेमा अभिमुखीकरण गरी सहभागिको जिज्ञासालाइ संवोधन गर्दै नीतिगत व्यवस्था कार्यान्वयन गर्न सहजीकरण र जिम्मेवार तुल्याउने रहेको जिल्ला शिक्षा समन्वय तनहुँका शाखा अधिकृत भरत बरालले स्वागत एवं उद्देश्य माथि प्रकाश पार्ने क्रममा जानकारी गराउनु भयो ।

कार्यक्रममा अभिमुखीकरण गर्दै अन्तरक्रियाका लागि शिक्षा तथा समन्वय इकाइ प्रमुख उपसचिव कृष्णप्रसाद श्रेष्ठले विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।
विहान साढे दशबजे आमन्त्रण गरेर साढे एघार बजे शुरुवात गरिएको कार्यक्रमको उद्घाटन तनहुँ जिल्ला समन्वय प्रमुख तथा जिल्ला शिक्षा समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्लेले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन भएर विषय वस्तुको प्रस्तुत भैसक्दासम्ममा नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कँडेल र नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ र राप्रपाका अध्यक्षको सहभागिता रहेको पाइयो भने सत्तापक्षीय दल राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी लगायतका अन्य दलको सहभागिता रहेको
पाइएन । आमन्त्रित तनहुँ जिल्लाका स्थानीय सरकारमा दशै पालिकाहरुलाइ आमन्त्रण
गरिएकोमा ती मध्ये भिमाद देवघाट ऋषिङ र घिरिङको सहभागिता रहेको देखिन्थ्यो । कार्यक्रममा वक्ताको रोलमा उपस्थित व्यास नगरप्रमुख बैकुण्ड न्यौपानेले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रास रामेश्वर खनालले गर्नुभएको थियो ।
