दमौली/शिक्षा तथा मानव स्रोत केन्द्र अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले संसोधित कानून अनुसार तनहुँ जिल्ला भरका विद्यालय व्यवस्थापन समितिहरु स्वतः पदमुक्त भएको जनाएको छ ।
नेपाल सरकारले केहि नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश २०८३ ले शिक्षा ऐन २०२८ को दफा १२ उपदफा १ खण्ड ‘त’ मा भएको व्यवस्था खारेज गरेपछि विद्यालय व्यवस्थापन समितिहरु स्वतः पदमुक्त भइ नयाँ गठन प्रक्रिया अगाडी बढाउनु पर्ने अवस्था आएको हो ।
अध्यादेश मार्फत वाहलवाला विद्यालय व्यवस्थापन समिति स्वतः पदमुक्त भएपछि शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले स्थानिय तह तथा विद्यालयहरुलाई पत्राचार गरी जिल्लाभरका सामुदायिक विद्यालयहरुमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडी बढाउन अनुरोध गरेको छ ।
विव्यस स्वतः पदमुक्त
previous post
