दमौली/भोली चैत्र ६ गते देखि पाँचौ शुक्लागण्डकी महोत्सव शुरु हुँदै छ । आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा हुन लागेको महोत्सव चैत ६ देखि १७ गतेसम्म चल्ने आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले जानकारी दिइएको हो ।

महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ५० स्टल रहने, राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिने, पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता साथै टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले बताएको छ ।
महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । साथै महोत्सवको संरक्षक शुक्लागण्डकी नगरपालिका रहेको छ ।
महोत्सवमा १ सय ७५ स्टल रहने र महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ७५ लाख खर्च हुने अनुमान आयोजकको छ ।
