दमौली/११६औं नारी दिवस तनहुँमा पनि विविध कार्यक्रम गरेर आइतवार मनाइएको छ ।
पञ्जली योग साधना केन्द्र तनहूँले फागुन २४ गते जिल्ला स्तरीय दौड प्रतियोगिताको आयोजना गरेर यो बर्षको नारी दिवस मनाएको छ ।
नारी दिवस भएको हुनाले प्रतियोगितामा महिलाहरुलाई मात्र सहभागि गराइएको थियो । नारी दिवस भएको कारणले ४५ बर्ष उमेर पुरा गरेका महिलाहरुलाई मात्र प्रतियोगितामा सहागि गराइएको थियो । छ किलोमिटरको दौड प्रतियोगितामा ८५ जना महिलाहरुले भाग लिएका लिएका थिए ।
प्रतियोगितामा ४७ बर्षिया भगवती श्रेष्ठले प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन भने बसन्ता थापाले द्वितिय र कल्पना पाण्डेले तृतिय स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगिहरुले सेकेण्डको अन्तरमा आफूलाइ विजेता बनाएर कडा प्रतिष्पर्धा देखाएका थिए ।
प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगिहरुको समयान्तर मिनटमा गणना गर्न परेको थिएन । सकेण्डको अन्तरमा विजय हासिल गरेका थिए ।
तनहुँमा पनि ११६औं नारी दिवस
previous post
