21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

घुमाउने पुलको निर्माण म पूरा गर्छु: भट्टराई

घुमाउने/१२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने धुमाउने पुलको निर्माण पूरा गर्ने कांग्रेस क्षेत्र नं १ का उम्मेदबार गोविन्द भट्टराईले बताएका छन् ।

निर्माण प्रारम्भ भएर लामो समय सम्पन्न नहुँदा बुद्धसिँह मार्ग आसपास र अन्य क्षेत्रका समेत बासिन्दाले भोग्नु परेको सास्ती आफुले बुझेको बताउँदै भट्टराईले आफु जनप्रतिनिधि भएर गएपछि चाँडै निर्माण सम्पन्न गर्ने बताएका हुन् । पत्रकार अमरराज नहर्कीसँगको कुराकानीमा उम्मेदवार भट्टराईले भने, “घुमाउने पुल तनहुँ र चितवन जोड्ने मात्र नभई दमौली पुग्ने दूरी २३ किलोमिटर छोट्याउने लाइफलाइन हो । म निर्वाचित भएर गएपछि मेरो सबैभन्दा पहिलो काम नै यस पुलको निर्माण कार्यलाई गति दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने हुनेछ ।”

उम्मेदवार भट्टराईले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा समेत घुमाउने पुललाई विशेष महत्वका साथ समावेश गरेका छन् । वि.सं. २०७० सालमा ठेक्का सम्झौता भए पनि प्राविधिक कारण र बाढीले गर्दा हाल यो पुलको डिजाइन परिवर्तन गर्ने प्रक्रिया अगाडि बढेको छ । सडक डिभिजन कार्यालय दमौलीका अनुसार २०८० सालको बाढीले अनुमानित सतह नाघेका कारण पहिलेको ‘आर्क’ डिजाइन परिवर्तन गरी पिल्लरको उचाई थप गरेर स्टिल संरचनामा लैजाने तयारी छ । हालसम्म ३६ प्रतिशत मात्र भौतिक प्रगति रहेको यस पुलको म्याद २०८३ असार मसान्तसम्म थपिएको छ । १० करोड २१ लाख रुपियाँ लागतमा निर्माणाधीन यो १०५ मिटर लामो पुल अलपत्र परेपछि स्थानीय बासिन्दा रुष्ट छन् । पुल निर्माण हुँदा दमौली नारायणगढको दूरी छोटिने त छँदैछ मुग्लिन–नारायणगढ खण्डमा बारम्बार हुने जामबाट समेत केही मुत्ति मिल्नेछ ।

Related posts

ध्यान मुद्रामा भुमेश्वर महादेव

Deepak Joshi

७३औं कानुन दिवस मनाइयो

admin

ओमिक्रोनको औसत संक्रमण दर ५ प्रतिशत

admin