दमौली/निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
योगको शनिबार बसेको बैठकले अन्तिम मतदाता नामावली स्वीकृत गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । विवरण अनुसार आगामी निर्वाचनमा मतदान गर्न योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ ।
आयोगका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई नामावलीमा समेटिएको छ । सार्वजनिक विवरण अुनसार पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य मतदाता २०० रहेका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा उल्लेख्य वृद्धि भएको आयोगले जनाएको छ । २०७९ मा कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेका थिए । यसमा पुरुष वृद्धिः ५ लाख २२ हजार ५५२ तथा महिला वृद्धिः ३ लाख ९२ हजार ५५२ तथा अन्य वृद्धिः १५ जना गरी कुल वृद्धिः ९, लाख १५ हजार ११९ रहको आयोगको विज्ञप्तीमा उल्लेख छ ।
आयोगले बढ्दो मतदाता संख्यालाई मध्यनजर गर्दै मतदान स्थल र केन्द्रको संख्यामा पनि वृद्धि गरेको छ । यस पटक देशभर कुल १० हजार ९६७ मतदान स्थल तथा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ । अघिल्लो निर्वाचनको तुलनामा मतदान स्थल ७५ र मतदान केन्द्र ८८५ ले बढी हो ।
आफ्नो नाम मतदाता नामावलीमा समावेश भए÷नभएको निश्चित गर्न सम्बन्धित मतदाताले निर्वाचन आयोगको आधिकारिक वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ मा गएर हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।
