
नवलपुर
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म, विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यो अभियान महिला तथा बालिकाहरूमाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धताको प्रतीक हो । यसै सन्दर्भमा, नेपालले पनि राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ । संयुक्त राष्ट्र संघले यस वर्ष “UNITE to prevent violence against women & girls” भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । नेपालमा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ खासगरी महिला हिंसा विरुद्धको यो अभियानलाई अगाडि बढाइएको छ ।
यो अभियान केवल एक औपचारिक कार्यक्रम मात्र नभई, हिंसामुक्त र समतामूलक समाज निर्माणरुरुरुको एक सामूहिक संकल्प हो । नेपालको संवैधानिक र सामाजिक प्रतिबद्धतानेपालको संविधानले सबै नागरिकलाई समानताको हक प्रदान गर्दै कुनै पनि प्रकारको विभेद, शोषण र अन्यायको अन्त्य गर्ने कुरालाई उच्च प्राथमिकतामा राखेको छ । हाम्रो समाजमा अझै पनि जकडिएर रहेका छाउपडी, दाइजोप्रथा, बालविवाह जस्ता हानिकारक अभ्यास र परम्पराहरू लैङ्गिक हिंसाका प्रमुख कारणहरू हुन्। यी कुरीतिहरूले महिलाको शारीरिक, मानसिक र सामाजिक विकासमा गम्भीर असर पार्दै आएका छन् । यस्ता प्रथाहरूको अन्त्य गर्दै सभ्य, शिष्ट र शोषणरहित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । यसका लागि सरकारी निकाय, गैरसरकारी संस्था, नागरिक समाज र प्रत्येक व्यक्तिले निरन्तर प्रयास गरिरहनु आवश्यक छ ।
प्रविधि र हिंसाको नयाँ स्वरूप
आजको डिजिटल युगमा हिंसाको स्वरूप पनि परिवर्तन भएको छ । प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यमबाट महिलाहरूलाई मानसिक रूपमा दुव्र्यवहार गर्ने, धम्क्याउने र उनीहरूको चरित्र हत्या गर्ने जस्ता घटनाहरू बढिरहेका छन् । यसै चुनौतीलाई सम्बोधन गर्न यस वर्षको राष्ट्रिय नाराले प्रविधिको सही प्रयोगमा जोड दिएको छ । हामीले डिजिटल साक्षरता बढाउँदै अनलाइन स्पेसलाई महिलाका लागि सुरक्षित बनाउनु पर्छ र प्रविधिमार्फत हुने हिंसालाई निर्मूल पार्न एकजुट हुनुपर्छ ।
निष्कर्ष र भावी कार्यदिशा
लैङ्गिक हिंसा एक सभ्य समाजको कलंक हो । व्यक्ति, समाज र सिंगो राष्ट्रलाई हिंसामुक्त बनाउँदै सुसंस्कृत समाजको जग बसाल्नु आजको प्रमुख आवश्यकता हो । यसका लागि हिंसा निम्त्याउने सबै कारक तत्वहरूलाई पहिचान गरी जरैदेखि उखेल्नुपर्छ । लैङ्गिकताका आधारमा हुने सबै प्रकारका हिंसा, कुरीति, अन्धविश्वास र अपराधको अन्त्य गर्दै महिला र पुरुषबीचको असमानता हटाउनु नै यस अभियानको मूल उद्देश्य हो । हिंसा रहित, समतामूलक समाज निर्माण गर्ने यो अभियानलाई सफल पार्न हामी सबै आ–आफ्नो ठाउँबाट प्रतिबद्ध हुनुपर्छ । यो अभियान कुनै घोषित मितिको १६ दिनमा मात्र सीमित नभई, वर्षैभरी चल्नुपर्छ । यसको सुरुवात आजैबाट र आफैबाट गरौं ।
