दमौली/तनहुँ आवाज साप्ताहिकका सम्पादक ऋषिराम पोख्रेललाई मातृशोक परेको छ । पोख्रेलकी माता दमयन्ती पोख्रेलको ८१ वर्षको उमेरमा कार्तिक १७ गते निधन भएको हो ।

पोख्रेल नेपाल बार एशोसियशन तनहुँका पूर्व अध्यक्ष, प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सल्लाहकार, नेपाल रेडक्रस सोसाइटीका पूर्व उपसभापति समेत रहेका छन् ।
