
वर्तमान परिवेस मूताबिक स्थानिय निकायको प्रमुख काम बेरोजगारी समाप्त गरी पूर्णरोजगारी दिलाउने कार्यक्रम स्थानिय निकायमा प्रवाह भएको बजेट बाटै लागु गराउनु पर्दछ । ग्रामिण र अविकसित क्षेत्रमा बेरोजगारीको समस्या चर्को छ । यस्तो बेरोजगारी निराकरण गर्न आधुनिक उद्योगको स्थापनाबाट सम्भव छ । स्थानिय सरकारले यसका लागि पहिलो प्राथमिकतामा कृषि, कच्चा पदार्थमा आधारित ग्रामिण साना साना उद्योग स्थापना तर्फ आफ्नो योजना बढाउनु पर्दछ । ग्रामिण वस्तीमा बसोबास गर्ने जनतामा व्यापक दरिद्रता र आर्थिक असमानता छ । धन र आम्दानी सिमित व्यक्तिको हातमा छ । ग्रामिण वस्तीका जनता जिवन निर्वाह गर्न नसक्ने अवस्थामा छन् । ग्रामिण विकास परियोजना गरिबको आम्दानी बढाउने, बेरोजगारी अन्त्य गर्ने, आमदानीको असमानताको कम गराउने उपायको अबलम्बन गर्नु पर्दछ । सामाजिक सेवाको विकास र विस्तार गर्नुपर्दछ । पालिकाका योजना, प्राथमिकता, लक्ष, जनताको माग बमोजिम सम्बोधन गर्नुपर्दछ । जनताको आम्दानी बढाउने, बचत बृद्धि गराउने, पूँजीको निर्माण गर्ने, लगानी बढाउने जस्ता कार्यक्रमलाई प्राथमिकताको सूचीमा राखिनु पर्दछ । के यस्ता आर्थिक तथ्यलाई विश्लेषण र विवेचना प्रत्येक स्थानिय निकाय अझ तनहुँ जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधिहरुले गरेका छन्त ? कर, राजश्वबाट उठेको रकम खर्च गर्दा जनताको अनुमोदन लिइनु पर्दछ । त्यसैले राजश्व संकलन गर्ने नीति तय गर्दा कर सम्बन्धि सिद्धान्त (Taxation Principle) मा भनिन्छ Give and take Principle लागु गर्नु पर्दछ । जनताले जति बढि रकम स्थानिय सरकारलाई कर तिर्दछन् सो मूताबिक सामाजिक सेवा, सामाजिक सुरक्षाकोषबाट बढि रकम प्राप्त गर्न सकिन्छ । यस तथ्य तर्फ करदातालाई प्रशिक्षण दिइ जानकारी दिनु पर्दछ । सामाजिक सुरक्षा, निशुल्क उपचार, निशुल्क शिक्षा, निशुल्क इन्टरनेट सेवा, निशुल्क खानेपानी वितरण, निशुल्क यातायात, सवारीको व्यवस्था सरकारले गर्नुपर्दछ ।
यस्ता सेवाहरुको एकिकृत कार्यक्रमबाट जनताको खुसि र हर्षको सिमानै रहँदैन । के यस्ता कार्उक्रम स्थानिय पालिकाले ल्याउलान् त ? जनताको आवाजलाई सम्बोधन गर्ने जनप्रतिनिधि प्रत्येक वार्ड वार्डबाट निर्वाचित हुनुपर्ने अवस्था छ । जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने परिपाटी बनाउनु स्थानिय सरकारको प्रमुख कार्य हो । यसतर्फ प्रत्येक वडाका जनप्रतिनिधिले ध्यान पु¥याउनु पर्दछ । हाम्रा स्थानिय निकायले उपयुक्त र सुहाउँदो प्रविधिको छनौट गरी स्थानियस्तरमै उत्पादन बढाई न्यून आम्दानीको अवस्थामा रहेका जनतालाई सर्वशुलभ रुपमा उपभोग्य वस्तु उपलब्ध गराउनु पर्दछ । जसबाट उपभोक्ताको माग सम्बोधन हुन्छ । श्रममूलक प्रविधि प्रयोगमा आउँदा न्यून आय भएका व्यक्तिको आम्दानी बढ्दछ । जसबाट उपयुक्त वस्तु तथा सेवाको उत्पादनमा बृेिद्ध हुन्छ । उपयुक्त औद्योगिक ग्रामिण नीति, उत्पादन दक्षता, उत्पादनको नयाँ विधि, नयाँ नयाँ उपकरणको प्रयोगको सम्मिश्रणबाट सामाजिक र आर्थिक समस्या समाधान गर्न टेवा मिल्दछ । यस किसिमको प्रविधिको अवलम्बनबाट पूँजी निर्माणको दर फराकिलो बन्दै जान्छ । तसर्थ स्थानिय निकायमा प्रयोगमा ल्याइएका प्रविधि परम्परागत शैलीबाट परिमार्जन गरि ल्याइएकाृ हुनुपर्दछ । तसर्थ स्थानिय निकायले प्रयोगमा ल्याउने प्रविधिमा छोटो समयमा सजिलै सिक्न सकिने, शुरुमा धेरै लगानी नपर्ने, श्रमको सट्टा अधिक दुर्लभ साधन जोगाउन सक्ने, उत्पादनको स्तरलाई बढाउँदै लैजान सक्ने जस्ता प्रविधिको अबलम्बन गर्दा छोटो समयमा बढी उत्पादन गरी जनताको आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ । तसर्थ अर्थशास्त्रीहरु भन्दछन्–‘थोरै पूँजीलाई कुनै एउटा ठूलो उद्योगमा लगानी गर्नुभन्दा साना साना धेरै उद्योगलाई विस्तारै विस्तारै सुधार गर्दै लैजाने तरिका नै बढी उपलब्धीमूलक र सफल बन्न सक्दछ ।’
ग्रामिण विकासको अभियान स्थानिय निकायको शुरु गर्दा ग्रामिण वस्तीमा बसोबास गर्ने व्यक्तिको कार्यस्थललाई छनौट गर्नु पर्दछ । किनकी यस्तो एरिया सस्तो हुन्छ । विकासका कार्य शुरु गर्ने स्थलमा नै अधिकतम पूँजी संकलन गर्न सकिन्छ । आयात बिना नै धेरै विकास निर्माणका कार्य सञ्चालन गर्न सकिन्छ । उत्पादनमा प्रयोग गरिने प्रविधि सरल हुनु पर्दछ । यस्तो प्रविधिको प्रयोग गर्दा न्यून दक्षता मै उत्पादन सम्भव हुन्छ । मर्मत सम्भार खर्च कटौती गर्न सकिन्छ । उत्पादनका सामानहरु स्थानिय स्तरमै लोकप्रिय, धेरै जनताले प्रयोग गर्ने, प्रभावकारी माग भएको अवस्थामा तुरुन्तै बिक्रि हुन्छ । बिक्रि पश्चात उत्पादकले लगानी बढाउँदछन्– जसले रोजगारीको सृजना हुन्छ । रोजगार प्राप्त व्यक्तिको आम्दानी बढ्न जान्छ । यसकारण स्थानिय प्रविधि श्रममुलक हुनुको साथै साना साना उद्योग फस्टाउने वातावरण बन्दछ । यस प्रकारको प्रविधिले ग्रामिण कच्चा पदार्थको उपभोग भै ग्रामिण आवश्यकताहरु पुरा गराउने कार्य सम्पन्न गर्न सकिन्छ । यसरी ग्रामिण गरिविमा रहेका विपन्न वर्गलाई विकासको मूलधारमा ल्याउन सकिन्छ । नेपालको ग्रामिण र विपन्न वस्तिमा बस्ने जनताहरुमा २०८४ मा हुने आमनिर्वाचन पछि यस्तो विकासको तरङ्ग प्रारम्भ हुनेछ । साथै सबै स्थानिय निकायहरुमा । जसमा सबै नेपाली सुखि, सम्पन्न र खुसि भएको अवस्थामा रुपान्तरण हुनेछन् । सचेत नागरिक दुरदर्सी सोँच भएका व्यक्ति जनताको घर आँगनमा उभिएको देख्न चाहन्छन् । आसा गरौं यो अवस्था छिट्टै देख्न पाइनेछ । पुरानादलका भ्रष्ट्राचारीलाई लखेट्न घर घर बाट जनता जुर्मुराएका छन् । शुभ दिन शुभ जनता ।
