
राजनैतिक संस्था समाजको उत्थान गर्न, शान्ति शुव्यवस्था कायम राख्न, जनताको हक, अधिकारको संरक्षण गर्न, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था गर्न, प्राकृतिक स्रोत साधनको संरक्षण गर्न, समाजलाई विघटनबाट जोगाउन, सामाजिक मेलमिलाप र भाइचारा कायम राख्न, गरिब र अशक्तलाई संरक्षण गर्न, कृषि उद्योग, व्यापार वाणिज्यलाई हौसलादिन, सार्वजनिक सेवाको व्यवस्थापन गर्न स्थापना भएका संस्थाको रुपमा जनताले महसुस गर्न पाउनु पर्दछ । जुनसुकै राजनैतिक व्यवस्था भएपनि दलको मुख्यकाम लोककल्याणकारी राज्यको स्थापना गर्नु नै हो । जनतालाई हित हुने अधिकतम कार्यक्रम योजनाको माध्यमबाट प्रत्येक वर्षमा विज्ञ व्यक्तिको हातबाट योजना बनाई प्रत्येक सरकारी निकाय, मन्त्रालय, विभाग, क्षेत्रिय कार्यालय, स्थानिय निकायले कार्यान्वयन गरेको खण्डमा आर्थिक विकास, वृद्धि, सम्वृद्धि हासिल गरी राष्ट्रिय आम्दानी, प्रतिव्यक्ति आम्दानी बढाउँदै लैजान सकिन्छ ।
नेपालका ग्रामिण बस्ति, शहरीक्षेत्रको सडक, नदी किनारा, सार्वजनिक जग्गामा व्यापक दरिद्रता र आर्थिक असमानता छ । आम जनता जिवन निर्वाह गर्न समेत नसक्ने स्थितिमा छन् । देशमा व्याप्त बेरोजगारी र अर्ध बेरोजगारी समाप्तगरी पूर्ण रोजगारी प्राप्त गर्ने नीति तथा कार्यक्रम केन्द्रदेखि स्थानिय निकायसम्म लागु गरिन पर्दछ । हाम्रा स्थानिय निकायसंग सिमित साधन छन् तर गर्नपर्ने कार्य धेरै छन् । दुरदर्शी जनप्रतिनिधि, विवेकपूर्ण तरिकाबाट उपलब्ध स्रोतसाधनको प्रयोग गरी उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रका प्राथमिकता र लक्ष प्राप्त आफ्नो स्थानिय निकायको टिमलाई परिचालन गर्नुपर्दछ । प्रत्येक स्थानिय निकायले आर्थिक वर्षको अन्तमा आर्थिक वृद्धिको दर मापन गर्नुपर्दछ । जस्तै व्यास नगरपालिका वा म्याग्दे गाउँपालिकाको आ.व. २०८०।८१ र २०८१।८२ वार्षिक आर्थिक वृद्धि (Economic Growth Rate) दर, आ.ब.को अन्तमा सार्वजनिकीकरण
गर्नुपर्दछ । स्थानिय निकायको कृषि, उद्योग, यातायात, बिद्युत सबै क्षेत्रको विकासगर्ने कार्यक्रम राख्नु पर्दछ । स्थानिय निकायका वडा अध्यक्षहरु बीच सबैभन्दा बढी उत्कृष्ट कार्यगर्ने वडा अध्यक्ष, कामगर्न कोसिस गर्ने वडा अध्यक्ष र काम गर्न नसक्ने वडा अध्यक्ष बर्गिकरण गरी तुलनात्मक प्रतिस्पर्धा गर्ने वातावरण हरेक स्थानिय निकायले अबलम्बन गरेको खण्डमा दिगो विकास (Sustainable Development) को जग बस्दछ । त्यसको परिणाम स्वरुप समाज रुपान्तरणका चिन्हहरु हरेक गाउँ गाउँ र सहर सहरमा देखिन थाल्दछन् ।
स्थानिय निकायका योजनाहरु सबै आर्थिक रोगहरु निकोपार्ने औषधीको रुपमा लिनुपर्दछ । स्थानिय निकाय बलियो र दक्ष हुनुपर्दछ । स्थानिय निकायले योजना तर्जुमा गर्दा आर्थिक समस्याहरु र आवश्यकताहरु (Need Assessment) मा राम्रो ध्यान पुर्याउन पर्दछ । शुद्ध र यथार्थ तथ्याङ्कमा आधारित योजना मात्र प्रभावकारी हुन्छ । तथ्याङ्क यथार्थ नभएको योजना मुल्याङ्कन र संसोधन गर्न सम्भव हुँदैन । तथ्याङ्कको आधारमा मात्र विकास योजना बनाइन्छ । यसको अभावमा योजना केवल अड्कल Guesswork मात्र हुन्छ । संयुक्त राष्ट्रसंघीय विशेषज्ञले स्थानिय निकायले प्रत्येक पालिकामा सबै प्रकारका आवश्यकिय तथ्याङ्कको संकलन समन्वय वा प्रमाणिकरणको लागि तथ्याङ्क शाखा खोल्नुपर्नेमा जोड दिएका छन् । योजनाको प्रत्येक क्रियाले मनगढन्त भवन निर्माण हैन विद्यमान साधनहरुको प्रारम्भीक अनुसन्धान पहिला नै गर्दा उपयुक्त मानिन्छ ।
एक बरिष्ठ, दक्ष, भ्रष्ट्रचारमुक्त प्रशासन योजना सफलताको पहिलो योजना हो । स्वच्छ प्रशासनको अभावमा स्थानिय निकायले योजनाको बहाना गर्नुको सट्टा स्वतन्त्र रहनु बढी राम्रो हुन्छ । A strong competent and corruption free administration is thr first condition for thr success of plan. In the abscence of such an administration it is often much better that local municipality should be laissez-fair than they pretend the plan । सवल र सक्षम स्थानिय निकायले आफ्नो पालिकाका आर्थिक गतिविधि, उत्पादन, बिक्रिवितरण, लगानी, मौद्रिक कर्जा व्यापारिक क्रियाकलापमा नियन्त्रण लिनु पर्दछ । नेपालमा स्थापना भएका स्थानिय निकाय मध्ये काठमाडौं महानगरपालिका बाहेक अन्य निकायमा यस्तो भएको पाईदैन । तसर्थ बालेन शाह देशभरीका मेयर मात्र नभएर उत्कृष्ट मेयरको रुपमा सम्मान गर्दा उपयुक्त नै हुन्छ । बालेनको कार्यसम्पादनको शैली दक्षिणपूर्वी एसियामा मात्र नभएर विश्वमै चर्चाको शिखरमा छन् । स्थानिय जनताहरु प्रभावशाली युवाहरुको नेतृत्व स्थानिय निकायमा देख्नको लागि पर्खिएर बसिरहेका छन् ।