दमौली/नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार इकाईले मंगलबार तनहुँ जिल्ला अदालतका न्यायाधीश कमलराज विष्टलाइ विदाइ गरेको छ ।

न्याय परिषदको साउन ३० गते सुक्रबारको बैठकले तनहुँ जिल्लामा कार्यरत न्यायाधीश कमलराज विष्टलाइ सिन्धुली सरुवा गरेपछि यहाँबाट रमाना लिइ कार्यक्षेत्रमा जानु अघि तनहुँ बारले मंगलबार औपचारिक विदाई गरेको हो ।
तनहूँ जिल्ला बार इकाइले सरुवा भै जान लाग्नुभएका तनहुँमा कार्यरत कमलराज विष्टलाइ विदाई गर्दै गर्दा काठमाण्डौ जिल्ला अदालतबाट सरुवा भै तनहूँ जिल्ला अदालतमा आउनु लाग्नुभएका जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय र हुम्ला जिल्ला अदालतबाट सरुवा भै आउनु लाग्नु भएका जिल्ला न्यायाधीश शम्भुप्रसाद बराललाइ स्वागत गर्ने नियमित प्रक्रिया जस्तै बनेको छ ।
सरुवा भै आउन लाग्नु भएका दुवै न्यायाधीश तनहुँ जिल्ला अदालतमा रहेर कार्य गरिसक्नु भएका कर्मचारी हुनुहुन्छ । विष्णुप्रसाद उपाध्यायले स्रेस्तेदारको रुपमा सेवा गरिसक्नु भएको छ भने अर्का न्यायाधीश शम्भुप्रसाद बरालले तनहुँ जिल्ला अदालतको सेवा अनुभव गरिसक्नु भएको छ ।
तनहुँ जिल्लामा कार्यरत न्यायाधीश आत्मदेव जोशीको सरुवा पछि तनहूँ जिल्ला तीन न्यायाधीशको दरबन्दीबाट दुई जना न्यायाधीशको दरबन्दी कायम गरिएको थियो । साउन ३० गतेको सरुवाले तनहुँ जिल्लामा पुनः तीन जना न्यायाधीशको दरबन्दी कायम गरिदिएको छ ।
मंगलबारको विदाई कार्यक्रम बार अध्यक्ष सरीता थापा भण्डारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव माधव घिमिरेले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णुभक्त सिग्देलले गर्नुभएको थियो ।