29.3 C
Damauli
October 24, 2026
Tanahun Awaj
समाचार

अन्तरक्रियासंगै दरखाने

दमौली/नेपाल पत्रकार महासंघले महिलाहरुको विशेष पर्व २०८२ को हरितालिका तीजको अवसरमा ‘पत्रकारितामा महिलाहरुको अवसर र चुनौति’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेर दरखाने कार्यक्रम राखेको छ ।
भाद्र ६ गते शुक्रबार दमौली स्थित निम्तो पार्टी प्यालेसमा आमन्त्रण गरिएको कार्यक्रममा तनहुँमा क्रियाशिल पत्रकारहरुलाई सक्रिय सहभागिताको लागि आयोजकले आव्हान गरेको छ ।
आयोजकले दिएको जानकारी अनुसार बुधबार साँझसम्म अन्तरक्रिया तथा दरखाने कार्यक्रममा ४५ जनाले आफ्नो नाम टिपाएको कार्यक्रम संयोजक सम्झना रसाइलीले बताइन् । केही क्रियाशिल पत्रकारले आफुलाई समय अनुकुल नमिलेको सूचना दिएका छन् ।

Related posts

जनताको समस्या समाधान
गर्ने भट्टराईको प्रतिवद्धता

admin

ऋषिङमा घटना दर्ता सप्ताह

admin

देवीभागवतको समापनः २१ लाख सहयोग संकलन

Deepak Joshi