22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

अधिकारीप्रति श्रद्धाञ्जली

दमौली/नेपाली कांग्रेसका इमानदार सच्चा कार्यकर्ता तिर्थबहादुर अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले शब्द श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

जोशीले एक विज्ञप्ति प्रकाशित गरि तनहुँ जिल्ला भानु–नं.१३, निवासी समाजसेवी तिर्थ बहादुर अधिकारीको ७७ वर्षको उमेरमा भएको असमयिक निधन प्रति दुःख व्यक्त गर्नुभएको हो । जोशीले प्रजातान्त्रिक आन्दोलनलाई सैद्धान्तिक निष्ठा र इमानदारी पूर्वक योगदान पु¥याउनु भएको स्व.अधिकारी तत्कालिन सतिस्वाँरामा वडा अध्यक्ष भई विकास निर्माणमा निःस्वार्थ सक्रिय रहेको स्मरण गर्नुभयो । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएका जोशीले शोकसन्तप्त छोराहरु जीवन, भूवन, सागर, तेजकुमार अधिकारी र छोरी पूर्णमाया कुँवर लगायत अधिकारी परिवार र वहाँका इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

बीपी विचार समाज तनहुँका सभापति एवं केन्द्रिय सदस्य हरिशरण पण्डितले पनि शोक प्रकट गर्नुभएको छ ।
पण्डितले एक विज्ञप्ति प्रकाशित गरि तनहुँ जिल्ला भानु नगरपालिका वडा नं.१३, स्वतिस्वरा निवासी प्रजातन्त्रसेनानी तिर्थ बहादुर अधिकारीको ७७ वर्षको उमेरमा भएको असमयिक निधन प्रति दुःख व्यक्त गर्नुभएको छ । पण्डिले प्रजातान्त्रिक आन्दोलनमा आजीवन लड्नुभएका अधिकारी वीपी विचार समाज क्षेत्र नम्बर १ तनहुँको उपसभापति पदमा रहेर काम गर्नु भएका थियो । वहाँको असामयिक निधनले समाज अत्यन्त स्तब्ध र दुखित भएको जनाएको छ । दिवंगत आत्माको गोलोक वासकोे कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । यस दुःखद घडीमा परिवारजन र वहाँका इष्टमित्रहरूमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

Related posts

पचास अंक भन्दा कम ३५ अंक ल्याइ नेपाल १०७औंबाट १०८औं भ्रष्ट देश

admin

नेकपा एमालेको ११ औं महाधिवेशनओलीको तेस्रो विजय, १९ पदाधिकारीमा ओलीकै वर्चस्व, तनहुँबाट चार केन्द्रीय सदस्य

admin

विद्यार्थीलाई पोशाक तथा जुत्ता वितरण

admin