24.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
समाचार

महासंघ तनहुँको ज्ञापनपत्र

दमौली/नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले चैत १५ गते काठमाडौको तिनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको न्याय र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध स्वरुप सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घ तनहुँ शाखाले प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापामार्फत सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारवाही गर्न माग गरेको छ ।
शाखा अध्यक्ष धनपति अधिकारीले पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, शाखाका पदाधिकारी, सदस्य एवं सञ्चारकर्मीको उपस्थितिमा बुझाएको ज्ञापनपत्रमा ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई कानुनको कठघरामा उभ्याउन तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग गरिएको छ ।

Related posts

देवघाटमा सार्वजनिक सुनुवाई

Deepak Joshi

नीति तथा कार्यक्रम भोलि

admin

चन्दको अवस्था अझै अज्ञात

admin