20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

ऋषिङमा स्वास्थ्य शिविर, ३५० को स्वास्थ्य परीक्षण

ऋषिङ/ऋषिङ गाउँ पालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ३५० ले स्वास्थ्य परीक्षण गराएका छन् ।

गत शनिबार स्थानीय शिवसरस्वती माविमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५८ जनाले भिडियो एक्स रे सेवा, ४८ जनाले इसिजी सेवा तथा १५० जनाले ल्याव परीक्षण सेवा लिएको पालिकाले जनाएको छ ।
आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा, लायन्स क्लब अफ पोखरा तथा ऋषिङ स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोगमा शिविर सञ्चालित शिविरमा वरिष्ठ मृगौला तथा उच्च रक्तचाप रोग विशेषज्ञ डा.अमृता केसी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. भीम सिग्देल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सिर्जना शर्माले सम्बन्धित विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
यसका साथै शिविरमा पेट, छाती, मुटु, सुगर, थाइराइड रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल र रेडियोलोजिष्ट विशेषज्ञ डा. नवराज पौडलले समेत सेवा प्रदान गरेका थिए ।
“समय मै स्वास्थ्य जाँच गरौं, स्वस्थ बनौं” भन्ने नाराका साथ सम्पन्न शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

Related posts

विद्यालय मर्जसँगै सिकाई वातावरणको चिन्ता

Deepak Joshi

व्यासमा भोली विदा

admin

जलेको भग्नावशेष अवलोकन

admin