दमौली/तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसार आज देशभर हर्षाेल्लास पूर्वक मनाईँदै छ । ल्हो को अर्थ वर्ष र सार को अर्थ भएकोले ल्होसारको समग्र अर्थ नयाँ वर्ष हुन आउँछ । यसै दिनबाट तामाङ समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ । बाघ वर्ष सकिएर आजबाट खरायो वर्ष प्रारम्भ भएको हो ।
ल्होसार मनाउने समुदायले यस्ता ’ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तैः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ ।
ठाउँ हेरी पाँच देखि १५ दिनसम्म मनाइने यो पर्वका अवसरमा तामाङ समुदायले नयाँ लुगा किन्ने तथा घर सजाउने गर्दछन् । आफन्तहरूँग भेटघाट गर्ने तथा सँगै बसेर खाना खाने , आफ्ना जातिय पोशाक लगाएर साँस्कृतिक कार्यक्रम गर्ने यो पर्वका अन्य विशेषता हुन् ।
आज सोनाम ल्होसार
previous post