Tanahun Awaj
समाचार

डायलासिस सेवाका लागि सुचीकृत

आँबुखैरेनी/मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि आँबुखैरेनी अस्पताल स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नीजि सचिवालयले दिएको जानकारी अनुसार आँबुखैरेनी अस्पतालमा मृगौलाका विरामीको डायलासिस गराइ आमनागरिकले सहज उपचार पाउने व्यवस्था मिलाउन अनुमति लगायतका प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिएका छन् । लगत्तै विभागबाट गएको अनुगमन टोलीले अनुमति दिन सिफारिस गरेपछि विभागले आँबुखेरेनी अस्पतालमा डायलासिस सेवा सञ्चालनका लागि सूचिकृत गरी अनुमति दिएको हो ।

स्वास्थ्य मन्त्री प्रदिप पौडेलले दिएको आश्वासन छिटो कार्यान्वयन गरिदिएकोप्रति गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामाजिक सञ्जालमा धन्यवाद दिएका छन् । उत्साहि भएका अध्यक्ष चुमानले पूर्ण क्षमतामा डायलसिस सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले अस्पतालमा सेवा सञ्चालनका लागि सुचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको भन्दै सघाउन अनुरोध गरे पछि मन्त्री पौडेलले प्रक्रिया अघि बढ्ने बताएका
थिए । अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा समेत सघाउने मन्त्री पौडेलले बताएका थिए । साथै, अस्पतालमा सुरक्षित सुत्केरी सेवा सञ्चालनका लागि समेत मन्त्रालयअन्र्तगतको परिवार कल्याण महाशाखाले अनुमति दिने तयारी गरिरहेको छ । यसो भएमा गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् ।

Related posts

अभियोगबाट बच्न गठबन्धन अस्त्र कारीन्दालाइ फँसाएर जनता ढाँट्ने चलखेल

admin

स्थानीय निर्वाचन–२०७९ नतिजा बदलिँदै तनहुँको शक्ति समिकरण

admin

नगद कारोबार सीमा पाँच लाख

Deepak Joshi