25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

सम्पादकलाई तरुण पुरस्कार

दमौली/नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट तनहुँ प्रेस डटकमका सम्पादक अमरराज नहर्कीलाई प्रदान गर्ने भएको छ ।
नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औं स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति तनहँुका अध्यक्ष हिरा थापाले नेपाल तरुण दलको स्थापना दिवसको दिन कात्तिक १० गते तरुण पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताए । एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा दलले गरेको थियो । सोही अनुरुप नेपाल प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष समेत रहेका नहर्कीलाई सम्मान गर्ने निर्णय भएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले भने, ‘उद्यमशिल क्षेत्रमा लागेका तरुणहरुको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप सो क्षेत्रमा कलम चलाएका नहर्की छनोटमा परेको हो ।’ युवाहरू विदेश पलायन भईरहेको अवस्थामा युवा उद्घमीको विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने नीति अनुसार सम्मान गरिने थापाले बताए ।
नगद पाँच हजार सहित सम्मानपत्र प्रदान गरिने नेपाल तरुणदल तनहुँले जनाएको छ । दुई दशक भन्दा अघि देखि तनहुँमा कार्यरत पत्रकार नहर्कीले थुप्रै मानसम्मान प्राप्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ, शिक्षा मन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुरस्कार, जय प्राप्ति म्युजिक अवार्ड लगायत थुुप्रै पुरस्कार तथा मान सम्मानबाट सम्पादक नहर्कि पुरकृत भैसेका
छन् । नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदातामा रुपमा पनि क्रियाशिल रहेका छन् ।

Related posts

पच्चीस गतेबाट नवौं महोत्सव

admin

वेवास्थामा बाँदरमुढे गेट

admin

केन्दीय सदस्यलाई बधाई

Deepak Joshi