म्याग्दे/गाउँपालिकाले आर्थिक वर्ष ०८०।०८१ को अन्तिम सार्वजनिक सुनुवाई आईतवार सम्पन्न गरेको छ । सार्वजनिक सुनवाईमा सहभागि अधिकाँश किसानले कृषिउपजको बजारीकरणमा सहयोग गर्न माग राखेका छन् ।
कार्यक्रममा सहभागीहरुले विकास निर्माणमा सन्तुलित नभएको गुनासो राखेका थिए । कृषकहरुले कृषिमा अनुदानबाट वितरण भएको कृषि औजारको मर्मत सम्भार गर्न नसक्दा अनुदान झनै खर्चिलो भएको दुखेसो राखेका थिए । पालिकामा आधिकारिक रुपमा दर्ता गरेर व्यवसाय गरेका व्यवसायीले पालिकामा दर्ता गर्नुको प्रतिफल पाएको अनुभुति नभएको स्थानीयले गुनासो गरे ।
कृषिमा आत्मनिर्भर वन्न का लागी कृषि व्यवसाय गरेतापनि बजारीकरणको कठिनाईले व्यवसायलाई निरन्तरता दिन नसकिने अवस्थामा पुगेको स्थानिय कृषक सोम वहादुर थापाले वताए । थापाले लगानी र मेहनत धेरै हुने तर विक्रीमा मुल्य नहुने समस्यामा परेका आमकृषकहरु आफ्नो व्यवसायबाट विस्थापित हुने अवस्थामा आईपुगेको हुदाँ व्यवसायीक कृषकको संंंरक्षणका लागि पालिकाले यथासमयमा उपयुक्त निर्णय लिई कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग रहेको छ । युवालाई देशमा नै काम गर्नुपर्ने वातावरण वनाउन स्थानिय सरकारले रोजगारी सिर्जना गरेर युवाहरु विदेश पलायन हुनबाट रोक्न पालिकाले उपयुक्त कदम चाल्नु पर्ने भुमिका खेल्नुपर्ने यम थापाले वताए । विकास निर्माणमा भेदभाव भएको हुदाँ आवश्यकताका आधारमा विकास निर्माणमा ध्यान दिनुपर्ने अर्का सहभागी सीता विकले बताईन । सार्वजनिक सुनवाईमा सहभागिहरुले अपाङ्गमैत्री शौचालयको व्यवस्थापन गर्न नसकेकोप्रति रोश व्यक्त गरेका
थिए । पालिकाले समयमा फोहर उठान नसक्दा अथवा गाडी नआईदिदाँ समस्या परेको स्थानिय उमा थापाले वताईन । सार्वजनिक सुनवाईमा पालिकामा रहेका जोखिमपूर्ण झलुङ्गे पुलहरुको मर्मत तथा अर्को व्यवस्थापन हुन नसकेको प्रति नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
सहभागीहरुले राखेका जिज्ञासा र समस्याका वारेमा अध्यक्ष श्रीप्रसाद श्रेष्ठले समाधान उपाय बताउँदै जिज्ञासा मेटाएका थिए । कार्यक्रममा उपाध्यक्ष वालकृष्ण घिमिरेले सार्वजनिक सुनवाईमा देखिएको सहभागिता र जिज्ञासाबाट अब म्याग्दे गाउँपालिका भित्रका योजनाका कामहरुप्रति उपभोक्ता सजग रहेको र बिकास निर्माण र योजनामा गुणस्तरीय काम गर्न सकिने विश्वास जागेको धारणा व्यक्त गरे । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले आर्थिक वर्ष ०८०।०८१ मा सम्पादन भएको काम कारवाहीको वारेमा जनतालाई सुसुचित गराएका थिए ।