म्याग्दे/म्याग्दे गाँउपालिकाको सञ्चालन गरेको आँखा शिविरमा मंगलबार र बुधबार गरि १२४ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
बैशाख ९ गते देखि १९ गते सम्म प्रत्येक वडा कार्यलयमा आँखाको शिविर संचालन गर्दे आएको पालिकाले आँखामा मोतियाविन्दु समस्या देखिएको व्यक्तिहरुको उपचार गरेको हो ।
आँखा शिविरमा सात सय दश जना पुरुष र एक हजार दुई सय ७५ जना महिला गरि जम्मा गरि एक हजार नौ सय ८५ जनाको आँखा परिक्षण गरिएको थियो । उपचारको क्रममा ८५ जना पुरुष र १०८ जना महिला गरि कुल एक सय ९३ जनालाई मोतियाविन्दु देखिएकोे थियो ।
भरतपुर आँखा अस्पतालका डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा गरिएको शल्यक्रियामा मंगलबार ७० जना र बुधबार ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
पालिकाले यसअघि पनि जनलक्षित विभिन्न कार्यक्रम गर्दै आएको र यो आँखाको शिविर पनि त्यसैको प्रारुप भएको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
गाउँपालिकाको आयोजना र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र नेपाल नेत्रहीन संघको प्राविधिक सहयोग मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
म्याग्देमा मोतियाविन्दुको शल्यक्रिया
previous post