23.9 C
Damauli
October 1, 2026
Tanahun Awaj
समाचार

काँग्रेसको इतर समूह संगठित

कांग्रेसको इतर पक्षले तनहुँमा १५ औं महाधिवेशन सम्पन्न गर्न महाधिवेशन तयारी समिति घोषणा गरेको छ ।
इतर पक्षले दमौलीको एक पार्टी प्यालेसमा मंगलबार भेला आयोजना गरी तयारी समिति घोषणा गरेको हो । यस अघि नै तनहुँमा महाधिवेशनका कार्यक्रम अगाडि बढाउन प्राडा कृष्णप्रसाद गौतमलाई संयोजक तोकिएको थियो ।
गौतमको संयोजक रहेको गठित समितिको सह—संयोजकमा डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेल चयन भएका छन् । त्यस्तै सचिव माधव खनाल तथा सदस्यहरुमा भिमकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद घिमिरे, मथुराकृष्ण श्रेष्ठ , शेरजङग गुरुङ, नरनाथ काफ्ले, राजु खड्का , रघुबहादुर के.सी., रामदेव पन्थ, लक्ष्मण मल्ल , लेखनाथ तिवारी , इन्द्रबहादुर दरै , शोभा कोइराला, एन जे.अली, पूर्णबहादुर थापा, अमित थापा, जयन्ती अधिकारी, रविन्द्र आले (रघु), रामबहादुर बयलकोटी, पञ्चबहादुर गुरुङ, क्या.रेशमबहादुर गुरुङ, मंगल गुरुङ, परशुराम ढुंगाना , उमा सुनार र राम विश्वकर्मा चयन भएका छन् ।
भेलाको उद्घाटन कांग्रेसका नेता शंकर भण्डारीले मूलधारको कांग्रेस शेरबहादुर देउवा नेतृत्वको कांग्रेस भएको हुँदा मूलधारमा समेटिन सबैलाई आग्रह गरेका थिए । अदालतले १४ औैं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाको नेतृत्वलाई नै बैधानिकता दिनेमा आफू विश्वस्त रहेको भण्डारीको भनाई रहेको थियो ।
संयोजक प्राडा कृष्णप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पुष्प पराजुली ,मणिभद्र शर्मा , बलबहादुर आले ,यमुना खड्का विश्वकर्मा, डम्बर अधिकारी ,शिवराज काफ्ले र कमलभक्त पोखरेल लगायतले बोलेका थिए । गौतमको संयोजकत्वमा बसेको बैठकले महाधिवेशन प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको बताइएको छ ।

Related posts

महासंघ तनहुँको ज्ञापनपत्र

admin

नभत्काई निर्माण हुँदैन भन्ने लोकोक्तिको धरातलमा वर्तमान सरकारको १८ बुँदे प्रतिबद्धता पत्र

Deepak Joshi

ऋषिङमा प्राविधिक शिक्षा, शिव सरस्वतीमा भेटरिनरी सञ्चालन हुने

admin