Tanahun Awaj
समाचार

धार्मिक पर्यटकीय गन्तब्य पहिचान सहित पत्रकार अन्तरक्रियामा प्रेस रजिष्टारको कार्यालय

दमौली/प्रेश रजिष्टारको कार्यालयले तनहुँको व्यास गुफालाई धार्मिक पर्यटकीय क्षेत्रको पहिचान सहित पत्रकारहरुसंग मंगलबार अन्तरक्रिया गरेको छ ।
व्यास क्षेत्रको विकाशमा अहोरात्री खटेका दामोदर वावाबाट व्यास क्षेत्रको महिमा, धार्मिक पर्यटकीय क्षेत्रको पहिचान र व्यास गुफामा २२ बर्षको बसाइमा व्यासले वेद लेखन गरेको क्षेत्रको रुपमा व्यास गुफाको महत्व प्रकाश पछि शुरु भएको पत्रकार प्रेश रजिष्ट्रार कार्यालय बीचको अन्तरक्रियामा प्रेस रजिष्टार विमला भण्डारीले आफ्नो धार्मिक क्षेत्रको महिमाका बारेमा कलम चलाउन प्रोत्साहित गर्दै आफ्नो संचार माध्यमको अवस्था, समस्या र समाधानका बारेमा खुलस्त बताएर अगामि दिनमा पत्रकारी क्षेत्रको विकास र प्रबद्धनमा सहयोग गर्न आव्हान गर्नुभयो ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको सहकार्यमा दमौलीको व्यास गुफा परिसरमा तनहुँका सञ्चारकर्मी र कार्यलयका प्रतिनिधिहरु बीच मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको पर्यटन प्रबद्धन गर्ने कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रम व्यास गुफा परिसरमा गरिएको शाखाका अध्यक्ष धनपति अधिकारीले बताए । तस्बीरः तआसा

सो अवसरमा प्रेश रजिष्टार कार्यालयले सबै सञ्चार माध्यमलाई एक एक प्रति फर्म उपलब्ध गराएर नाम, ठेगाना, इमेल, वेवसाईड, प्रकाशनको अवस्था, प्रविधिको प्रयोगको अवस्था, सक्षमता, थप ज्ञानको तालिमको आवश्यकता, भौतिक पूर्वाधार विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारसंगको अपेक्षाका बारेमा विवरण संकलन गर्ने काम भएको थियो । साथै दर्ता नविकरण भए नभएको, नभएको भए कारण समेतको खोजी गरी वैधानिक सञ्चालनका लागि प्रोत्साहित गरिएको थियो ।

Related posts

जनजाती महोत्सवको तयारी तिब्र

Deepak Joshi

नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन

admin

स्थापना दिवस पछिको काँग्रेस

admin