23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

निर्णय सच्याउन माग गर्दै बुझाइयो हस्ताक्षर

दमौली/सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने सरकारको निर्णय सच्याउन माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाएको छ ।

शाखाको आयोजनामा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीमार्फत सरकारलाई हस्ताक्षर बुझाइएको हो । महासंघले जेठ ७ गते सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानअन्तर्गत सङ्कलित हस्ताक्षर सरकारसमक्ष पेश गरेको हो ।
महासंघले सरकारी निर्णयको विरोधमा थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।
महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको दिगोपनामा असर पर्ने भन्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

Related posts

बाँध निर्माण गर्न सेती नदीको पथान्तर

admin

देउवाको एक वर्षः धेरै विस्मात् थोरै हर्ष

admin

व्यासमा पोलियो विरुद्धको खोप

admin