20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

साइबर अपराध अभिमूखिकरण

दमौली/व्यास नगरपालिका वडा नं १३ले सार्वजनिक भाषण कला, सामाजिक सञ्जालको भूमिका र साइबर अपराध सम्बन्धी तीन दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक अमृत लामिक्षानेले सहजिकरण गरेको अभिमूखिकरण कार्यक्रममा फेसबुक, म्यासेन्जर, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल मार्फत हुने ठगी, चरित्रहत्या, फेक आइडी, बैंकिङ फ्रड, पासर्वड चोरी सम्बन्धी विषयमा सहभागिहरुलाई अभिमूखिकरण गरेका थिए । साइबर अपराध सम्बन्धी कानूनी व्यवस्थाको बारेमा अभिमूखिकरण गर्नुको अतिरिक्त जिम्मेबार अभिव्यक्ति, सार्वजनिक अभिव्यक्ति कला, नेतृत्व क्षमता विकास र सामाजिक उत्तरदायित्व विषयमा पनि अभिमूखिकरण गराइएको थियो ।

Related posts

हाफ म्याराथन सम्पन्न

admin

गिरीलाई वरिष्ठ उपाधि

admin

शिवसरस्वतीको स्वर्ण महोत्सव भोलीः पूर्वमन्त्री भण्डारीले उद्घाटन गर्ने

admin