22.1 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

पठन संकृति विकास गर्न ‘मुना’ अभियानः

बालबालिकामा मोवाइलको लत हटाउँदै पठन संस्कृतिको विकास गर्न व्यास–१२ कमलबारीमा रहेको सिद्धेश्वरी माविले विद्यार्थीलाई बाल पत्रिका मुना पढाउने अभियान सुरु गरेको छ । शिक्षक रमेश विकलसँगको आर्थिक सहकार्यमा मासिक ३० प्रति मुना विद्यालयमा आउने गरी वार्षिक ग्राहक बनेर विद्यार्थीलाई पढ्न दिने र पढेका कथा, कविता, जानकारी मुलक सामग्रीका बारेमा छलफल गराउने गरिएको छ । यो अभ्यासले बालबालिकामा पठन संस्कृतिको विकास हुनुका साथै सिर्जनात्मक क्षमताको समेत विकास हुने विश्वास विद्यालयले लिएको छ । तस्वीरमा मुना पढ्न पाएर खुसी भएका विद्यार्थी । तस्वीरःतनहुँ आवाज साप्ताहिक

Related posts

पीडितको साथमा रेडक्रस

admin

कृषि व्यवसायमा युवा

admin

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

admin