Tanahun Awaj
समाचार

देवघाटधाम प्लास्टिकमुक्त क्षेत्र घोषणा

देवघाट/तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ । पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गम रहेको देवघाटको धार्मिक र वातावरणीय महत्व जोगाउन यो निर्णय गरिएको हो ।

शुक्रबार भरतपुर महानगरपालिका–१ देवघाटमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले देवघाटधामलाई प्लास्टिकमुक्त क्षेत्रको घोषणा गरेकी थिइन् ।
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारी लगायतले घोषणा कार्यक्रम यस क्षेत्रको संरक्षणका लागी आवश्यक भएको बताए ।

Related posts

क्षमता अभिवृद्धि तालिम

admin

विद्यार्थीका हातमा कापी, कलम

admin

पराजुली आ. केन्द्रिय सदस्य

admin