Tanahun Awaj
समाचार

रोटरी क्लब अफ दमौलीको अध्यक्षमा नारायण मल्ल

रोटरी क्लब अफ दमौलीको साधारण सभाले नारायण मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
सोमबार सम्पन्न साधारण सभाले समितिको सचिवमा सुनिता आचार्य र कोषाध्यक्षमा रजिनलाल श्रेष्ठलाई चयन गरेको छ । नयाँ कार्यसमितिका मुख्य पदाधिकारीहरूमा निवर्तमान अध्यक्ष बिना कैनी, प्रेसिडेन्ट इलेक्टः किनकुमार श्रेष्ठ, प्रेसिडेन्ट नोमिनी देवराज अधिकारी, उपाध्यक्ष सुवास गौतम, सह–सचिव र सह–कोषाध्यक्षः क्रमशः रमेशकुमार श्रेष्ठ र सुर्जाकुमार मल्ल रहेका छन् ।
साधारण सभाले विभिन्न विधाका विभागिय प्रमुखहरू समेत चयन गरेको छ । कार्यसमितिको एडिटरमा प्रदीप काफ्ले, एडमिनिस्ट्रेसन चियरमा दिनेशकुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियरमा हरि कार्की, मेम्बरसिप चियरमा इमकुमार मल्ल, पब्लिक इमेज चियरमा शान्तराम न्यौपाने, इन्भारमेन्ट चियरमा योगिता कायस्थ श्रेष्ठ, टिआरएफ चियरमा सुरज सुब्बा, क्लब लर्निङ फ्यासिलिटेटरमा महेन्द्र न्यौपाने तथा रोटर्‍याक्ट युथ कोर्डिनेटरमा जीवनकुमार श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि असिस्टेन्ट गभर्नर बाबुराम बरालले नयाँ कार्यसमितिलाई बधाई दिँदै रोटरीको मर्मअनुसार सामाजिक क्षेत्रमा थप प्रभावकारी र रचनात्मक कार्य गर्न सुझाव दिए । क्लबकी कार्यकारी अध्यक्ष योगिता कायस्थ श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेल लगायतका पूर्व अध्यक्षहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Related posts

जलेको भग्नावशेष अवलोकन

admin

नक्कली भुटानी शरणार्थी प्रकरण
तानि“दै ठूला नेता, चल्दै बचाउने दौडधुप

admin

शैक्षिक प्रमाणपत्र शुल्क अुनगमन हुने

admin