21.9 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

काँग्रेस र एमालेबाट विकर्षित कार्यकर्ताले लिए राप्रपाको नेतृत्व

दमौली/राप्रपा व्यास नगर कार्य समितिको पाँचौं अधिवेशनमा नेपाली काँग्रेस र एमालेबाट विकर्षित कार्यकर्ताले राप्रपाको व्यास नगरको नेतृत्व लिएको दमौली बजारका चिया गफमा चर्चा चलेको छ ।

पुस सात गते दमौलीमा सम्पन्न राप्रपा व्यास नगरको पाँचौं अधिवेशनबाट नेतृत्व लिन पुगेका भूपूसैनिक राजु साँखी नेपाली काँग्रेसका कार्यकर्ता भएको बताईन्छ भने सचिवको नेतृत्व लिन पुगेका बलभद्र श्रेष्ठ एमाले जिल्ला कमिटि तनहुँका सदस्यका दावेदार हुन् । अधिवेशनले उपाध्यक्ष र कोषाध्यक्षमा बस्ने उम्मेदवार भने पाउन सकेको देखिएन । सदस्यमा बसेका रमेश आचार्य र पृथ्वीनारायण श्रेष्ठको राजनीतिक स्कूल पनि एमाले नै हो । क्षेत्रीय र केन्द्रिय अधिवेशनमा जाने योग्यता बनाएका व्यक्तिहरु पनि सदस्यमा बसेको देखिन्छ । विनोद कुमार घर्ति, पृथ्वीनारायण श्रेष्ठ, गौमायाँ श्रेष्ठ र जुननारायण श्रेष्ठ पनि व्यास नगर समितिको सदस्यमा राखिएको छ । २१ सदस्य रहने कार्य समितिको सदस्यहरुमा सरला मल्ल, भवनिधि पन्थ, ओझराज पन्थ, देबेन्द्र श्रेष्ठ, सुमित घर्ति, सरीता दरै, तिर्थराज पौडेल, लिलावती कँडेल, नानुमायाँ बस्नेत, दुर्गा पन्थ, सविना पोख्रेल, सुकबहादुर माझी, शुशिला पौडेल, चन्द्रवती पन्थ, शोभा गुरुङ्ग रहेका छन् ।

Related posts

सार्वभौमिकता र स्वाधिनताको पहिचान बचाउने भएअब राष्ट्रिय सहमतिमा देश सञ्चालन गरौं

admin

संहिताका चुनौती विषयक अन्तरक्रिया

Deepak Joshi

तनहुमा न्यायीक निरिक्षण

admin