24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
समाचार

आमा समूह भवन उद्घाटन

रैकर/लाङ्घाली नमूना आमा समूहको नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ ।
व्यास–१२ रैकरमा निर्मित उक्त भवनको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शनिबार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथी न्यौपानेले आमा समूहहरुको सवलिकरणमा नगरपालिकाले ध्यान दिने बताए । न्यौपानेले साना वचत संकलन र परिचालन मार्फत महिलाहरुलाई आर्थिक रुपमा आत्म निर्भर र सवल बनाउन आमा समूहहरुले भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

तस्वीरः छविदीप आले

आमा समूहको एक् लाख पाँच हजार, मगर समाज रैकरको तीन लाख ३७ हजार १०५ र व्यास नगर पालिकाको लागत सााझेदारी कार्यक्रम मार्फत प्राप्त पाँच लाख ९५ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । भवन निर्माण पछि स्थानीय स्तरमा छलफल र भेला आयोजना गर्न सहज हुने विश्वास आमा समूहले लिएको छ ।
भवन निर्माणका लागि स्थानीय सुमन थापाले स्वर्गिय आमा श्रीमाया थापाको स्मृतिमा चार आनाभन्दा बढी जग्गा दान गरेको जानकारी निर्माण समितिका संयोजक यमबहादुर आलेले गराए ।
आमा समूहकी अध्यक्ष दाममाया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस व्यास–१२ का सभापति चन्द्रबहादुर विक, पूर्व वडाध्यक्ष तोत्रबहादुर कुँवर, टारबगाले टोल टोल विकास संस्थाका अध्यक्ष फमबहादुर थापा तथा स्वाग्दी आमा समूहकी अध्यक्ष बसन्ती थापाले शुभकामना मन्तव्य राखेका थिए ।
समूहकी सचिव कल्पना मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन छविदीप आलेले गरेका थिए ।

Related posts

पत्रकार पुरस्कृत

admin

किसान केन्द्रित व्यासको पहल

admin

घिरिङको सत्तरी रोपनीमा अंगुर खेती

admin