22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

जोशीको उम्मेदवारी घोषणा

दमौली/दीपकराज जोशीले अगामि फागुन २१ हुने संसदीय निर्वाचनमा आफूले उम्मेदवारी दिने घोषणा गरेका
छन् । कुनै राजनीतिक समूहमा आवद्ध नभएका जोशीले जेन जी आन्दोलनको परिणामको रुपमा बनेको अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिने मंगलबार घोषणा गरेका हुन् ।

दीपक राज जोशी

सिघै आफूले उम्मेदवारी दिने घोषणा नगरी भेटघाट कार्यक्रमको माध्यमबाट जनताको घरदैलोमा पुगी जनताको कुरा सुनी त्यसलाई संबन्धित निकायमा पु¥याएर काम गराउने कबूल गर्न घरदैलोमा भेटघाट कार्यक्रम राखेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले देशको भविष्य हरेक नागरिकको सहभागिता र चेतनाले निर्माण हुन्छ भन्नेमा आफू दृढ रहेको बताएका छन् ।
जोशी व्यास नगरपालिकाको नगरप्रमुखमा उम्मेदवार भै मतदानका क्रममा घाईते भै उपचारमा रहँदा मतगणनामा धाँदली भएको भन्ने दावी सहित पुनः मतगणनाको दावी लिई सर्वोच्चसम्मको न्यायीक लडाईमा समेत रहेका छन् । जोशी पूर्व गृहमन्त्री गोविन्दराज जोशीका जेठा छोरा हुन् ।

Related posts

आजबाट शुक्लागण्डकी महोत्सव

admin

सन्दर्भः लागू पदार्थ विरुद्धको दिवस-सचेतनाको अभावमा दुर्व्यसन जोखिममा युवा

Deepak Joshi

महासंघको पहलमा माफी मागेपछि मिलापत्र

admin