23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

अदालत र बारलाइ कम्प्यूटर सेट

दमौली/बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लले असोज २१ गते अदालत खुलेकै दिनमा अदालत र बारलाइ १÷१ सेट डेस्टप कम्प्यूटर हस्तान्तरण गर्नुभएको छ ।
आफ्नो कमाईको केही प्रतिशत छुट्याएर चन्दा, सहयोग, अक्षयकोष खडा गर्दै आएका वाग्लेले जेन जी आन्दोलनका क्रममा अदालत र बारको कम्प्यूटरहरु नोक्सान भै काम सूचारु गर्नमा असहज भैरहेको बेला कम्प्यूटर उपलब्ध गराएर केही हदसम्म सहज तुल्याउन सहयोग गर्नुभएकोमा तनहुँ बार तथा जिल्ला अदालतले वाग्लेलाइ धन्यवाद ज्ञापन गरेको छ ।

नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार इकाइ अध्यक्ष सरीता थापा भण्डारीको अध्यक्षतामा भएको कम्प्यूटर हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले दाता बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेलाई धन्यवाद दिंदै सहयोग दिनेहरुको विवरण सुनाउनु भयो । अझै पनि तनहूँ बार मार्फत सहयोग गर्नुपर्ने अवस्था तर्फ संकेत गर्नुभयो ।
अर्का न्यायाधीश शम्भु बरालले पनि संकटको बेला महत्वपूर्ण सहयोग भनि चर्चा गर्नुभयो । सो अवसरमा जिल्ला न्यायाधीवक्ता खेमराज पाठक, बरिष्ठ अधिवक्ताद्वय कमलामोहन वाग्ले, परशुराम गिरी लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
सो कार्यक्रममा स्वागत मन्तब्य वैतनिक कानुन व्यवसायी अधिवक्ता रविन्द्र बाराकोटीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विष्णु हड्खलले गर्नुभएको थियो ।

Related posts

गाउँ तहबाटै काँग्रेस सुधार्न जिसीको आव्हान

admin

विद्यार्थीलाई दिवा खाजा

admin

विभेद र छुवाछुत मुक्त व्यास

admin