Tanahun Awaj
विचार/दृष्टिकोण

१५औं महाधिवेशन र राजनीतिक निष्ठाको नेतृत्व

रेशम गुरुङ

विचार, दर्शन र आर्दशको प्रतीक नेतामा सैद्धान्तिक निष्ठा, दूरदर्शी र जिम्मेवारी बहन गर्ने उत्तरदायी हुनु पर्दछ । दुरदर्शि कार्ययोजना, राजनीतिक दृढता, लक्ष्य निर्धारण, नीति र विचार सहितको सुसंस्कृत राज्य सञ्चालन, सहि कार्य कार्ययोजन छनौट, राजनीतिक, सामाजिक, आर्थिक प्रगति विधिमा आधारित शासनको नेतृत्वबाट नै देशको दिशानिर्देश हुनेछ । थर र जातको ध्रुविकरण गराएर, समाजमा विद्वेश फैलाएर राजनीतिक फाइदा लिन खोज्नु देश, समाज र जनताप्रति बेईमानि गर्नु हो । जातीय भेदभावको विरुद्धमा आत्मबोध गरेर अघिको बाटो तयारी बारे बोल्न सकिए समाजको नेतृत्व लिन सकिन्छ । विचार र निष्ठाले आस्था बोक्छ, यसले राजनीतिमा लागि परेकालाई रास्ट्रप्रति जिम्मेवार बनाउनेछ ।
नेपाली कांग्रेसमा देखा परेको सक्रिय गुटबन्दीबाट निराश काङ्ग्रेसको पुरानो पुस्ता अलग हुदै गएको छ । पैसाले पद किन्ने, टिकट लिन पैसा दिन पर्ने । सहकर्मि साथीहरूलाई मासुभात, रक्सि खुलाउनु पर्ने, गुन्डागर्दी, धनजनको परिचालनबाट पार्टी कब्जा गर्ने र नेतृत्व कब्जा गरेको देखेर बौद्धिक बर्ग राजनीतिबाट पलायन हुदै गएको छ । केहीले त निराश भएर कांग्रेस छाडेर टाढा भएको छ । पार्टी नेतृत्वका मानिस आलोचना र राजनीतिक विषयमाथि छलफल गर्न तयार छैन । यसबाट आस्था, निष्ठा प्रस्फुटन हुन पाउदैनन् र नेतृत्वको विकास हुन पाउने छैन । नयाँ पुस्ता पार्टीमा प्रवेश हुन चाहदैनन् । देशबाट पलायनको बाटोमा हिड्ने गरेको छ । यो पीडा बीच पनि एक तप्का पार्टीमा बसिरहेको छ । तर यसले लामो समय धैर्यधारणा गरेर बस्न सक्ने अवस्था छैन ।
भारतका महान राजनीतिज्ञ तथा प्रधानमन्त्री अटल वि. बाजपेईले ईमानदार साथ भन्नू भएको थियो– “पहले अपराधी हमारे पास अ।तेथे अपने बचाव के लिए, फिर उसके वाद अपराधी हमारी मद्दत करने लगे, पोलिङ बुथ पर कब्जा करने के लिए । अपराधि यो नदेखा कि अगर ये हमारी सहायता से जित कर जाते हे त्यो हम खुद क्यो न जाए ।” हो यही अवस्थामै छ नेपालको हालैको राजनीति । यो भनाइ ज्यादै ध्यान दिन योग्य छ जो राजनीति गर्नुहुन्छ ।
यस अवस्थाबाट राजनीतिलाई कसरी सुरुवात देखि नैतिक र कसिलो बनाउने ? यस तर्फ लागौ । पार्टीको सुद्दिकरण गर्ने हो कि नगर्ने ? राजनीतिक मानिस र अराजनीतिक मानिस हो ? पार्टीमा छुट्टयाईएको छैन । यसको परीक्षण गर्ने काम क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी हो । मानिसको पृष्ठभुमि केलाउनु पनि जरुरी रहे छ । नेतृत्वमा पु¥याउँदा बडो होसियार गरेको खण्डमा मात्र पार्टीमा राम्रोपना आउने रहेछ । नत्र सबैलाई नराम्ररी डस्ने रहेछ । यी डसाहालाई नेका को १५अ‍ौ महाधिवेशनमा पार्टीबाट नलखेटेसम्म पार्टीमा सुधारको संकेत समेत देखिदैन । देशभरिका नेका का साथीहरूले गम्भीरतापूर्वक यो विषयमा ध्यान दिन जरुरी छ । जनतामाझ हामी लोकप्रीय हुन पार्टीकै मानिस राम्रो चालचलनको हुनु पर्ने रहे छ । पार्टी भित्र (अतिक्रमणवादी तत्व) अत बडो फैलिएको र फेरिएको छ । नेका पार्टीको लागि, सबैको ध्यान, सवैका लागि जाओस । जय नेपाल ।

Related posts

सिरानीसंगै फेरिएला सपना ?

admin

रक्तदाताको सम्मान गरौं -सम्पादकीय

admin

घुम्ने मेचमाथि दृष्टिविहिनहरु -सम्पादकीय

admin