Tanahun Awaj
समाचार

पत्रकार नहर्कीलाई उत्कृष्ट पत्रकार सम्मान

दमौली/व्यास नगरपालिकाले पत्रकार अमरराज नहर्कीलाई मङ्गलबार उत्कृष्ट पत्रकारबाट सम्मान गरेको छ । गोरखापत्र दैनिकको तनहुँ समाचारदाता, दमौली एफएफ र रेडियो बन्दीपुरको पूर्व स्टेशन म्यानेजर कार्य अनुभव भएका नहर्की प्रेस युनियन तनहुँको नेतृत्व गर्ने निबर्तमान अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेका छन् ।

व्यास नगरपालिकाको समग्र विकास अभियानमा आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ट समाचार सम्प्रेषण गरे बापत ४३ औं नगर सभाबाट नगद दश हजार सहित सम्मान गरिएको हो । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले सयुक्त रुपमा सम्मानपत्र, नगद प्रदान गरी दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
आमसञ्चार पत्रकारितमा स्नाकोत्तर गर्नु भएका नहर्की विगत दुई दशक अघि देखि पत्रकारितमा क्रियाशिल रहेका छन् । पत्रकार नहर्कीले लामो पत्रकारीतामा नेपाल सरकार शिक्षा मन्त्रालय तथा नेपाल पत्रकार महासङ्घले सयुक्त रुपमा प्रदान गर्ने, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखन वृद्धि पुरस्कार, नेपाल तरुणदलले प्रदान गर्ने तरुण पत्रकारिता पुरस्कार, एपिक म्यूजिक अवार्ड, जयप्राप्ति म्यूजिक अवार्ड लगायत दजनौं सम्मान पाइसकेका थिए ।

Related posts

तनहुँमा ३२औं परिषद दिवस

admin

पूर्व विद्यार्थी मञ्चद्धारा स्टेशनरी तथा पोशाक सहयोग

admin

तनहुँमा उद्यमशीलले लियो अग्रता

admin