22.5 C
Damauli
September 17, 2026
Tanahun Awaj
समाचार

शुभकामना आदान प्रदान

दमौली/नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन तनहुँले बैशाख ५ गते सुक्रबार दमौलीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । डिएलएका पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता यदुनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिएलएका संस्थापक अध्यक्ष बरिष्ठ अधिवक्ता परशुराम गिरी, बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, पिपिएलएका तर्फबाट अधिवक्ता शिवदत्त ढकाल र आरपिएलको तर्फबाट भानुभक्त सुवेदी सहित सबै कानुन व्यवसयीहरुले शुभकामना सहित समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रमुख अतिथि खनालले डिएलए तनहुँलाई एक सेट संसोधित कानुनका किताबहरु संविधान, संहिता र ऐनसंग्रहहरु उपलब्ध गराउने प्रतिबद्धता सो अवसरमा जनाउनु भयो । बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले सो अवसरमा डिएलएलाई उपलब्ध गराएको दराजको साँचो समेत हस्तान्तरण गर्नुभएको थियो । डिएलए तनहुँका अध्यक्ष रविन्द्र बाराकोटीको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन सचिव विष्णु हड्खलेले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष माधव घिमिरेले गर्नुभएको थियो ।

Related posts

म्याग्देबाट हुलाकको सेवा शुभारम्भ

admin

पुरक अधिवेशन स्थगित

admin

दमौली विज्ञान शिक्षण सिकाई सहजीकरण

admin